
काठमाडौ-बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे ।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपी तर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले निकैनै प्रतिस्पर्धात्मक खेलमा सेनाका जंग गिरीलाई १०–९ अंकले पराजित गरेका हुन् । निर्धारित समय सम्म दुवैको समान ९–९ अंक भए पछि निर्णयका लागि थप गरिएको १ मिनटमा सिंहले अंक जोड्दै १०–९ अंकका साथ बिजय भएका हुन् । सेनका मिन कार्की र बागमतीका भिष्मराज ९तार्जन० दाहालले कास्य पाए ।
यस्तै पुरुषकै फ्वाईल तर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेश्रो हुँदै कास्यमा सिमित भए ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र प्रदेश नं। १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…