गण्डकी प्रदेशलाई फेन्सिङमा तीन कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २३ गते २०७८ मा प्रकाशित


पोखरा- प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेण्टमा तीन कास्य पदक जितेका छन् । पुरुष तर्फ दुई र महिला तर्फ एक टिम इभेण्टमा कास्य पदक जितेका हुन् ।

महिला तर्फ साब्रे इभेण्टमा धनमाया गुरुङ, शर्मिला गुरुङ, निश्चिल मगर र अक्शा गुरुङ तेस्रो स्थानमा रहे । उनीहरु शसस्त्र प्रहरी बलसँग पराजित हुन पुगेको कास्की फेन्सिङ्गका अध्यक्ष विजय शाहीले जानकारी दिए ।

पुरुष तर्फको इपी टिम इभेण्टमा कास्य पदकमा खुम्चियो । सेमिफाईनलमा शसस्त्र प्रहरीसँग् अंकको आधारमा ४५/३३ अंकले पराजित भएका थिए । विजय अधिकारी, नवराजजंग कार्की, सुनिलबहादुर थापा र सुनिल ओझाले इपी टिम इभेण्टमा प्रतिस्पर्धा गरेका थिए ।

फोइल पुरुष टिम इभेण्टमा गण्डकी प्रदेश बाग्मती प्रदेशसँग सेमिफाईनलमा पराजित हुदैं कास्य पदकमा चित्त बुझायो । बाग्मती प्रदेशसँग ४५/३६ अंकले पछि पर्दै कास्य पदकमा खुम्चिन पुग्यो । फोईल तर्फका इभेण्टमा गण्डकीका शुक्रराज सुनार, सुवास गौचन, सुनिल ओझा र विजय अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

नेपाली सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगितामा तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।