
पोखरा-धेरैको अपेक्षा र विश्वास थियो एकवर्षमा नयाँ प्यारापिटसहितको फुटबल मैदान बन्छ । शिलान्यास गरियो । शिलान्यसको ठ्याक्कै तीन वर्ष पुग्यो । चार महिनामै सकिने शिलान्यास गर्दै घोषणा गरिएको थियो । शिलान्यसमै तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले घोषणा गरेका थिए–‘फटाफट नटबोल्ट कस्ने हो । प्यारापिट चारमहिनामै तयार हुन्छ ।’
पोखरा फुटबल मैदान तथा प्यारापिटको शिलान्यास २०७५ फागुन २६ गते गरिएको थियो । शिलान्यासको तीन वर्ष वित्दा प्यारापिट निर्माणले अझै पूर्णता पाउन सकेको छैन् । पटक पटक म्याद थपिएको छ । अन्तिम म्याद आगामी चैत मसान्तसम्म छ । २०७६ मंसिरमा नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो । महिला फुटबल पोखरा रंगशाला फुटबल मैदानमा सम्पन्न गरिएको थियो । हतारमा फुटबल मैदान तयार गरिएको थियो । प्यारापिट आधामात्रै तयार गरिएको थियो । एथलेटिक्स ट्रयाक समेत तयार थियो । एथलेटिक्स ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिसकिएको छ । फुटबल मैदानको पनि काम सकिएको छ । दर्शक प्यारापिटको काम बाँकी छ । प्यारापिट र फुटबल मैदान वरिपरी सडक कालोपत्रे गर्ने काम बाँकी छ ।
‘चैत मसान्तसम्ममा सबै काम टुंग्याएर निस्कन्छौं ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजेर दिपक बरालले भने–‘म्यादपनि चैतमसान्तसम्मको लागि थपिएको छ ।’ उनका अनुसार प्यारापिट र सडक निर्माणको काम बाँकी छ । उनले प्यारापिटको आन्तरिक काम बाँकी छ । राष्ट्रिय खेलकुद परिषदले पैसा निकासा नगर्दा काममा ढिलाई भएको उनको गुनासो थियो । उनले कति रकम बाँकी छ भन्ने विषयमा खुलाउन चाहेनन् । तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सकिएको चार महिनापछि कोभिड–१९ को लहर शुरुभएसँग निर्माण कार्य प्रभावित भएको थियो । लकडाउनदेखि विभिन्न भेरियन्टको असरले कामलाई प्रभावित बनाएको उनले सुनाए । ‘काम सकिन्थ्यो । तर कोरोनाले गर्दा ढिलाई भयो ।’ उनको भनाई थियो ।
राष्ट्रिय खेलकुद परिषदले पनि कम्पनीको बेरुजू देखिएकोले रकम निकासा हुन सकेको प्रष्ट पारेको छ । ‘बेरुजू देखिएको छ । बेरुजू फस्र्याैट भएपछि रकम निकासा हुन्छ ।’ राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापाले भने–‘बेरुजू देखिएकै कारण परिषदले रकम निकासा नगरेको हो । मिलानपछि नै रकम निकासा हुन्छ ।’ उनले बेरुजू देखिएको रकमबारे स्पष्टसँग खुलाएनन् ।
प्यारापिटको दर्शक क्षमता १८ हजार ५ सय छ । थप ३ हजार ५ सय थप्न सकिन्छ । परिषदले १ अर्ब २८ करोड २२ लाखको लागतमा सम्झौता गर्दै कम्पनीलाई निर्माणको जिम्मेवारी दिएको थियो । परिषदले यसैसाता निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदान एवं प्यारापिटको अनुगमन गर्ने जनाएको छ । ‘मन्त्रीसहित परिषदको टोली अनुगमनमा आउदैं छ । यसैसाता अनुगमन हुन्छ ।’ निमित्त सदस्य सचिव थापाको भनाई थियो । फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई छ । प्यारापिट स्टिल मोडुलर सिष्टमको छ । जुन नेपालमै पहिलो रहेको कम्पनीको दावी छ । कम्पनीले हस्तान्तरण गरेसँगै संरक्षणको चुनौति परिषदलाई थपिने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…