
पोखर- गण्डकी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता ११ स्वर्ण पदकसहित कास्की च्याम्पियन बनेको छ । चार स्वर्ण पदकसहित म्याग्दी दोश्रो र चार स्वर्ण पदक जितेको पर्वत तेसा्रे भएको हो ।
पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा स्वर्ण पदक विजेता ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी तौल समुह तर्फ मन्दिप सुनार,५८ के.जी मा पर्वतका सुरज कडेल र ६३ के.जी मा पर्वतकै प्रकास माझी रहेका छन भने ६८ के.जी मा कास्कीका हेमन गुरुङ छन । त्यसै गरी ७४ के.जी समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के.जी समुहमा कास्की सकील लामगादे र ८७ के.जी मा निरज नेपाली र ८७ के.जी मै पर्वतका सुजन रोक्का रहेका छन ।
त्यसै गरी पुरुष जुनियर तर्फ ४८ के.जी समुहमा म्याग्दीका दिपेस पुर्जा,५५ के.जी समुहमा कास्कीका सुजन गुरुङ, ६३ के.जी समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महततो र नवलपुरकै सुरेश जेडिमगर ७८ के।जिसमुहमा विजयी भएका छन । त्यसै गरी महिला सिनियर तर्फ ४६ के.जी समुहमा म्याग्दीका इशा गर्बुजा, ४९ के.जी मा कास्कीका सरिता बयलकोटी, ५३ के.जी समुहमा मनालिसा मल्ल, ५७ के.जी मा अन्जना परियार, ६२ के.जी समुहमा पार्वती श्रेष्ठ, ६७ के.जी समुहमा पर्वतका स्मृती नेपाली र ७३ के.जी मा म्याग्दीकी ममता गर्वुजा रहेका छन ।
महिला जुनियर तर्फको ४४ के.जी मुुनि गोरर्खाकी आकृती क्षेष्ठ ,४९ के.जी मा कास्कीकै अनिसा परियार ५५ के.जी र सदिक्षा सुनार ६३ के.जी मा छनोट भएका छन भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ के.जी र ६८ के.जी मा ग्रिन गुरुङ छनोट भएका छन ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकुदको स।स्थागत बिकासका लागी मन्त्रालय खेलाडी सँग रहेको बताए । खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले ब्वसायी खेलाडी उत्पादन गर्ने जोड दिए । संस्थाका अध्यक्ष जगन बहादुर गुरुङले बार्सिलोना ओलम्पियन १९९२लाई संस्थाको तर्फ वाट सम्मान गर्नु भयो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…