
पोखरा-अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ले क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ ।
वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो ।
टस जित्दै राईजिङका ओपनर सागर लामिछानेले ३६बल खेल्ने क्रममा २५ रन बनाए । उनले दोस्रो विकेटको लागि किरण पौडेलसँग ३४ रनको साझेदारी निभाए । किरण पौडेलले पनि १९ रनको योगदान दिदाँ कृष्ण पौडेल भने ८ बलमा १६रन बनाउँदै २ चौका प्रहार गरे । सिब्रिन श्रेष्ठले ३ ओभर बलिङ गर्ने क्रममा २ विकेट लिदाँ विष्णुप्रसाद शर्मा, विश्वास पराजुलीले १÷१ विकेट लिए ।
अमृत गुरुङले ४–०–१५–२ को बलिङ स्पेल गरेपछि १४९ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लब १०६ रनमै समेटियो । सबै विकेट गुमाएको कास्कीलाई व्याटिङ ध्वस्त बनाउने क्रममा फाष्ट बलर कृष्ण पौडेलले ४–०–२५–२ को प्रदर्शन गरे । कास्कीका कप्तान विष्णुप्रसाद शर्माले ३६बलमा सर्वाधिक ४५ रनको योगदान गरेपनि जितको हकदार बनाउन सकेनन् । उनले ४ चौका र ३ छक्का हिर्काउँदै अर्धशतक नजिक पुुगे । तर जितसम्म डोहो¥याउन भने असमर्थ देखिए । आयुुष सैंजुले १३ बलमा १३ रन हिर्काए । विश्वास पराजुलीले भने २१ बल खेल्दै १२ रन बनाए ।
यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लब ९ विकेटको क्षतिमा ९० रनको योगफल तयार पार्ने क्रममा अनिल गुरुङले सर्वाधिक २६रनको योगदान दिए । उनले ४२ बल खेले ।
मुुश्कान थापाले २२ बल खेल्दै १३ रन जोड्दा विकास अधिकारीले १६बलमा १३ रन बनाए । ऋतिक थापा मगरले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । सुवास बास्तोला र दिपेश खत्रीले समान २/२ विकेट आफनो नाममा लेखाए । ९१ रनको लक्ष्य पछ्याएको माछापुच्छ«े क्रिकेट क्लब भने ७६ रनमा समेटिन पुुग्यो । ऋतिक थापा मगरले २२ रन र पुजन पौडेलले १८ रन बाहेक अन्य व्याटरको दोहोरो अंक स्कोर बनाउन सकेनन् । बलिङ तर्फ प्लेयर अफ दि म्याच पोखरा क्रिकेट क्लबका अनिल गुरुङले २ विकेट लिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…