
पोखरा-ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो ।
वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा उनी बोल्डआउट भए । अर्का ओपनर कविन सापकोटालाई १२ रनमा आउट भएपछि माछापुच्छ«े केही संकटमा पर्यो । प्रविन ढकाल केवल ३ रनमै आउट भए । ऋतिक थापा मगर शून्य रनमै पभेलियनको बाटो समाएपछि मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले इनिङ सम्हाले । खत्री राजु तामाङको बलमा बोल्ड हुनु अघि २८ रनमा खेलिरहेका थिए । तामाङकै बलमा विमल तिवारी व्यक्तिगत २२ रनमा आउट भएपछि माछापुच्छ«े थप संकटमा पर्यो । तिवारीले ३१ बल खेल्दै १ चौका प्रहार गरे । खत्रीले २८ रन बनाउने क्रममा ४० बल खेल्दै १ छक्का हिर्काए । मनोज कोइराला ९ रनमा अविजित रहे ।
बलिङमा राजु तामाङले ४–०–१७–२ को स्पेल देखाए । सन्जय शर्मा र सुदिप पौडेलको नाममा २÷२ विकेट लेखियो । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब सुदिप पौडेल र रिकेश गुप्ताले क्रमश २० र ११ रनको दोहोरो स्कोर तयार पारे । अन्य व्याटरको व्याटबाट दोहोरो अंकको रन जोडिन सकेन् । अन्तत ६४ रनमा समेटिन पुग्यो । बलिङ ऋतिक थापा मगरले ४ विकेट लिए । दिपेश खत्री, प्रविन ढकाल र विनोद नेपालीले समान २÷२ विकेट लिए । थापा मगर प्लेयर अफ दि म्याच घोषित भए ।अर्को खेलमा राईजिङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । टस जित्दै व्याटिङ गरेको राईजिङले १२१ रनको योगफल तयार पार्यो । नवौं नम्बरमा आएका विमलविक्रम खत्रीले ४४ रनको अविजित रहँदै महत्वपूर्ण इनिङ खेले ।
ओपनर सागर लामिछाने शून्य र मिलन थापा २ रनमै आउट भएपछि राईजिङ दबावमा परेको थियो । किरण पौडेल पनि ५ रनमा आउट भएपछि चौथो नम्बरमा आएका नविन पोखरेल पनि शून्यमै आउट हुन पुगे । एकपछि अर्को गरी सस्तैमा व्याटर आउटभएपछि राईजिङलाई कप्तान अमृत गुरुङले सम्हाल्ने प्रयास गरे । लामिछाने र पोखरेल विजय राउतको बलमा बोल्ड भए । अमृतले ३३ बल खेल्दै ३१ रन बनाउने क्रममा राउतकै बलमा विकेट किपरको हातबाट क्याच हुन पुगे । अमृतले २ छक्का प्रहार गरे । कृष्ण पौडेलले २३ रन बनाउने क्रममा १७ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । पौडेल र खत्रीले आठौं विकेटको लागि महत्वपूर्ण साझेदारी निभाए । खत्रीले अविजित ४४ रन बनाउने क्रममा ३१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । बलिङ तर्फ विजय राउतले ३ विकेट लिदाँ अनिष खड्काले पनि ३ विकेट आफनो नाममा लेखाउन सफल भए ।
१२२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटल क्लब ११७ रनमा समेटिएपछि ४ रनले हार व्यहोर्न पुग्यो । मुस्कान थापा, अनिल गुरुङ र प्रमोद बास्तोलाले प्रभावकारी व्याटिङ गरेपनि अन्य व्याटरले रन जोड्न नसक्दा झिनो रनको हार व्यहोर्यो । मुस्कानले २ चौकाको मद्धतमा २७ रन बनाए । यद्यपी अर्का ओपनर विकास अधिकारी केवल १ रनमै आउट भए । अमृत गुरुङको बलमा क्याच आउट भए । सुवास भण्डारी पनि १ रनमै आउट भएपछि पोखरा क्रिकेट क्लबको इनिङलाई भरपर्दा व्याटर अनिल गुरुङले मुस्कार थापासँग सहकार्य गरे । अनिलले ३० रनको योगदान दिने क्रममा १ छक्का हिर्काए । उनी अमृत गुरुङको बलमा बोल्ड भएपछि ईशान श्रेष्ठले पनि क्रिजमा टिकेनन् । उनी शून्यमै पभेलियन फर्किए । प्रेम गुरुङले ११रन जोडे । प्रमोद बास्तोलाले २३ रन बनाएपनि जितको हकदार बनाउनबाट चुके । कृष्ण पौडेलले ३५ रन खर्चिएर ४ विकेट लिदाँ विमलबिक्रम कार्कीले ३ विकेट लिए । अमृत गुरुङ र विशाल रिजालले २÷२ विकेट लिएका थिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…