
काठमाडौं –खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघिको संस्करणमा पुरस्कार रासी ५ लाख रहेको थियो ।
२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमो तेश्रो संस्करणबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।
शारिरीक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
२०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…