
गल्फर भुवन नगरकोटी। file pic
पोखरा-शीर्ष बरियताका गल्फर भुवन नगरकोटीले सुर्य नेपाल वेष्टर्न ओपन गल्फको २२ औं संस्करणमा आईपुग्दा होल इन वानको किर्तिमान बनाउँदा बुधबार पोखराको हिमालयन गल्फ कोर्षमा पहिलो दिन ४ ओभर ७२ को कार्डमा १० औं स्थानमा रहेर टुंग्याएका छन् । सुर्य नेपालको प्रायोजनमा वर्षको अन्तिम प्रतिस्पर्धा सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा नगरकोटीले पार तीनको आईल्याण्ड होल(होल नं ७) मा होल इन वान गर्दै किर्तिमान बनाए । तर उनले छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा पहिलो दिन किर्तिमान बनाएपनि पार चारको अन्तिम होल(१८) मा डबल पार खेप्दै होल इन वानको किर्तिमान ओझेलमा पर्यो ।
पार ६८ को कोर्षमा एमेच्योर खेलाडी सुवास तामाङले दुई अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका छन् । उनले तेस्रो, पाँचौ र छैटौमा बर्डी हिर्काउँदै लय समातेपनि फ्रन्ट नाईनको अन्तिम होल(९)मा डबल बोगी खेलेपछि एकअण्डरमा टुग्याए । व्याक नाइनमा भने उनले दुई वर्डी हिर्काउँदा एक बोगीको सामना गरे । समग्रमा उनले २ अण्डर ६६ को कार्ड बनाउँदै पहिलो दिन शीर्षस्थानमा रहे ।
जयराम श्रेष्ठले लेभल पार ६८ खेले । तेस्रो स्थानमा भने पोखराका एमेच्योर अजित विक छन् । विकले १ ओभर ६९ को स्कोर खेले । पहिलो होलमा बर्डी खेल्दै उत्साहित बनेका विकले दोस्रो होलमा बोगी खेप्दै अगाडि बढे । चौथो र आठौंमा बर्डी हिर्काए । व्याक नाईनको १५ औंमा बर्डी हिर्काउँदा १८ होलमा आईपुग्दा डबल बोगीको सामना गरे । रमेश अधिकारीले पनि १ ओभर ६९ स्कोरमा खेलेका छन् । रामे मगर २ ओभर ७० को कार्ड बनाउँदै पहिलो दिनको १८ होल टुग्याउँदा दिनेश प्रजापति ३ ओभर ७१, निरज तामाङ ३ ओभर ७१ को कार्डमा छन् । आर्मी गल्फ क्लबका धनबहादुर थापा पनि समान ३ओभर ७१ म टुग्याउँदा रवि खड्का ४ ओभर ७२ मा छन् । भुवन नगरकोटी पनि ४ ओभर ७२ को कार्डबाट दोस्रो दिनको प्रतिस्पर्धा शुरु गर्ने छन् ।
२२ औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा नेपालका २२ व्यावसायिक गल्फरको प्रतिस्पर्धा गरेको छ । १४ जना एमेच्योर खेलाडी प्रतिस्पर्धामा उत्रिएको नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुवन गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…