एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप

- शनिबार ट्रायथोलन, आईतबार दुवाथोलन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


Pokhara-Asia Cup triatholan

पोखरा-आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण शुरु हुदैं छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो । पहिलो संस्करण सन २०१९ मा आयोजना गरिएको थियो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप समेत हुने छ ।

यही चैत १९ गते शनिबार ट्रायथोलन तथा २० गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । च्याम्पियनको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ । कोभिड–१९ कै कारण दुईवर्ष ट्रायथोलनको इभेण्ट स्थगित गरिएको थियो ।

ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा पुगेर टुंगिने पुरानै रुटमा यथावत हुने छ । महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुने छ । दुवाथोलनमा दौड–साईक्लिङ–दौड हुने छ ।

ट्रायथोलन एशियन कप च्याम्पियनसिपमा काजकिस्तान, जापान, अष्ट्रिया, बंगलादेश, भारत, पोल्याण्ड लगायतका देशका एथलेट्सहरु पोखरा आउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३१ तारिख अर्थात चैत १७ गते बिहीबार एथलेट्सहरुलाई आवश्यक रुटको बारेमा जानकारी समेत दिईने छ । ‘एशियन कप ट्रायथोलनको पोखरामा हुने दोस्रो संस्करण हो । दोस्रो पटक पनि पोखरामै आयोजना गर्दै छ । त्यसको लागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भईसकेको छ ।’ उनले बताए । ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ । सबै विजेताहरुले ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।

पोखरामा आयोजित प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् । उनले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका थिए । उनी विश्व वरियतामा ६३ औं र एयिशन क्षेत्रमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा ०२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जित्न सफल भएकी थिईन् । दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप तर्फको उपाधि भने नेपाली खेलाडी बसन्त थारुले स्वर्ण पदक जितेका थिए ।

अन्तराष्ट्रिय ट्रायथलन युनियनको संयोजन तथा नेपाल ट्रायथलन संघको आयोजनामा सञ्चालित प्रतिस्पर्धामा महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुरले ओगटेकी थिईन् । मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले । त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङ्गले १ घन्टा १८ मिनट ४९ सेकेन्डको समय लगाएक थिईन् । नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए ।