
पोखरा –नेपाल ट्रायथोलन संघको आयोजनामा एशिया ट्रायथोलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ । संघले खेलाडीहरुलाई रुट तथा खेलको नियमबारे पूर्ण रुपमा जानकारी गराईसकिएको जनाएको छ । प्रयोग गरिने साईकल, जर्सी समेत संघले अन्तराष्ट्रिय ट्रायथोलन युयिननको नियमानुसार परीक्षण गरी फाराम भरिएको उल्लेख गरेको छ ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुन्धरा पार्कस्थित फेवा तालमा संचालन हुने छ ।

प्रतियोगिता ट्रायथोलन स्प्रिन्ट विधा अन्तर्गत ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि।मि। दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् । नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए ।
स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । ‘पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक— गौरीघाटको रुट बनाईएको छ । साईक्लिङको लागि गौरीघाट—शहीदचोक—मुस्ताङचोक हुदैै गौरीघाटको रुपट बनाइएको छ ।’

निकै अगाडी देखि अस्तित्वमा रहेको ट्रायथोलनसंघ प्राय निस्कृय रुपमा रहेको थियो । नेपालमा ट्रायथोलनको ईतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा बिदेशीहरुले रमाईलोका लागि प्रतियोगिता आयोजना गरिएको थियो । त्यस यता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठन भए पश्चात छोटो समयमा नै यसले फड्को मार्न सफल भई सकेको छ ।
संघको पुनर्गठन पश्चात अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्दैआईरहेको छ । नेपालमा ट्रायथोलनको विकास र विस्तारलाई नजिकबाट नियाली रहेको अन्तराष्ट्रिय ट्रायथोलन युनियन हाल बिश्व ट्राइयाथलनले सकारात्मक नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एयिशन कपको जिम्मेवारी प्रदान गरेको हो ।

यो प्रतिस्पर्धाले साहसिक खेलसँगै पोखराको अन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास अध्यक्ष निलेन्द्रराज श्रेष्ठले लिएका छन् ।यस अघि संघले २०७६ बैशाखमा पहिलो संस्करणको एयिशन कप सफलतापूर्वक सम्पन्न गरि सकेको छ । यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभई पर्यटनलाई पनि संग संग अगाडी बढाउन मद्धत पुग्ने बिश्वास गरिएको छ । संघका अनुसार प्रतिस्पर्धाबाट एशियन गेम्सको लागि नेपाली खेलाडी छनोट गरिने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…