
पोखरा-तीन वर्ष अघिको समयलाई सुधार्दै जापानीज खेलाडी जेन्ता युचिदा ट्रायथोलन एशिया कपको उपाधि जितेका छन् । ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडमा जापानीज एथ्लेट ले ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । उनले पहिलो संस्करणका विजेता माकोतो ओदाकुराको समयलाई समेत पछि पार्दै नयाँ टाईमिङसहित च्याम्पियन बन्न सफल भए । ओदाकुराले ५४ मिनेट १७ सेकेण्डको समय लगाएका थिए ।

जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे । तीन जनाको प्रतिस्पर्धा निकै देखिएको थियो । स्वीमिङमा युचिदाको समय केही सेकेण्ड अघि रह्यो । उनले दुवैलाई साईक्लिङ र दौडमा समेत केही सेकेण्डको फरक पारेका थिए ।
महिला तर्फको प्रतिस्पर्धामा काजाकास्तानकी इकातेरिना शाबालिनाले १ घण्टा २ मिनेट २० सेकेण्डको समय लगाउँदै एशियन कप ट्रयाथोलन च्याम्पियन बनिन् । त्यसैगरी जापानकी हिराकु फुकुओका दोस्रो भईन् । उनले १ घण्टा २ मिनेट ५३ सेकेण्डको समय लगाईन् । काजाकास्तानकी नाडेज्दा बेक्मागान्वेतोभाले १ घण्टा ४ मिनेट १४ सेकेण्डको समय लगाउँदै तेस्रो स्थान प्राप्त गरिन् । पौडी फेवातालमा गराइएको थियो । दौड गौरीघाट–शहीदचोक–गौरीघाटमा पुगेर टुंगिएको थियो ।

आदर्श र प्रज्ञालाई दक्षिण एशियाली उपाधी
दक्षिण एशियाली ट्रायथोलन च्याम्पियनसिपको उपाधी भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले जितेका छन् । आदर्शले ५९ मिनेट १० सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जितेका हुन् । यस्तै पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घन्टा ६ मिनेट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जितेकी हुन् । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनेटले सुधार गरेकी हुन् ।
भारतीय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पाए । यस्तै महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनेट १८ सेकेन्डमा पुरा गर्दै रजत जित्दा सञ्जना जोशीले १ घन्टा १० मिनेट ८ सेकेन्डका साथ कास्यमा चित्त बुझाइन ।

राष्ट्रियमा बसन्त र सोनीले जिते
राष्ट्रिय तर्फको प्रतिस्पर्धामा सेनाका बसन्त थारु र एपिएफकी सोनी गुरुङ्गले स्वर्ण जित्न सफल भए । थारुले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दुरी पुरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पुरा गरिन् । दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनेट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पुरा गरे । यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनेट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनेट ११ सेकेन्डका साथ कास्य पाए ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २० गरि ५७ खेलाडीहरुले सहभागिता जनाएका थिए ।बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश साँसद एवं संघका उपाध्यक्ष दीपक कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए । जपानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…