
पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा चार दिनको अवधिमा दुई गल्फरले होल ईन वान हिर्काएका छन् । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर अन्तर्गत बुधबार पहिलो दिन शीर्ष बरियताका गल्फर भुवन नगरकोटीले होल ईन वान हिर्काएका थिए । शनिबार महिला गल्फर दुर्गाकुमारी शाहले होल ईन वान हिर्काउन सफल भईन् । होल ईन वान हिर्काउने उनी पहिलो महिला गल्फर समेत हुन् ।
पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ क्लब हाउसमा सुर्य नेपाल वेष्टर्न ओपनको २२ औं सस्करणमा आईपुग्दा नगरकोटीले पहिलो पटक होल ईन वान हिर्काएका थिए । उनले ७ औं होलमा होल ईन वानको रेकर्ड बनाए । शनिबार पोखराकै गल्फ इतिहासमा पहिलो पटक महिला गल्फर शाहले होल ईन वानको किर्तिमान लेखाउन सफल भईन् । पार ६८ को क्लबमा शाहले होल ईन वान हिर्काउँदा धराने प्रो बलभद्र राईको टिमले शनिबार पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर अन्तर्गत प्रो–एमको उपाधि जितेको छ । राईको टोलीमा फुलसन लामा, राजु थकाली र काबी थापा रहेका थिए ।
राईको टोलीले १४८ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाउन सफल भएको हो । त्यस्तै भुवन नगरकोटी, बद्री राई, किशोर बस्नेत र कर्णेल झलेन्द्र भट्टराईको टोलीले १३९ स्कोरसहित दोस्रो स्थानमा रह्यो । प्रो सन्जय लामा, सुष्मा सिग्देल, आरसिय बावु र ब्रिगेडियर सुरेश बानियाँको टोलीले १३१ अंकसहित तेस्रो स्थानमा चित्त बुझायो ।
महिला तर्फको उपाधि भने सुष्मा सिग्देलले जित्न सफल भईन् । उनले काउण्ट व्याकमा उपाधि जितिन् । शाहले होल ईन वान हिर्काईन् । क्लोज टु दि पिनको पुरस्कार मेजर डम्बर घलेले जिते । लङगेष्ट ड्राईभ भने रुपेन्द्र गुरुङले हिर्काए । सुर्य नेपालको सिजनको अन्तिम वेष्टर्न ओपन उपाधि एमेच्योर खेलाडी सुभास तामाङले जित्न सफल भए । विजेता गल्फरहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, हिमालयन गल्फ क्लब हाउसका निर्देशक किरण केसी, सुर्य नेपालका बजार व्यवस्थापक प्रकाश केसी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण समारोहमै मन्त्री गुरुङले गल्फको प्रवद्र्धनमा आफनो तर्फबाट सहयोगको प्रतिबद्धता जनाए । नेपाल गल्फ संघले पनि युवा गल्फ कार्यक्रमको लागि १ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरे । युवा गल्फ कार्यक्रमले युवापुस्तालाई गल्फप्रति आकर्षित गर्ने उद्देश्य राखिएको छ । यद्यपी कास्की जिल्ला गल्फ संघले गल्फ स्कुल नै सञ्चालन गरेर गल्फप्रति आकर्षण बढाउँदै आएको छ । पोखरा रंगशालाभित्र एकेडेमी सञ्चालन गर्ने उद्देश्यसहित अघि बढेपनि गण्डकी प्रदेश सरकारले बिनियोजन गरिएको बजेट निकासा नगरिदिदाँ ठोस काम गर्न संघले सकेको छैन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…