
पोखरा-नेपालका हिमाल टमाटाले आफनै समयलाई सुधार्दै पोखरामा आयोजित दुवाथोलनको उपाधी जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरीलाई हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । सन २०१९ मा आयोजित दुवाथोलनमा उनले ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए ।
दुवाथोलन महिला तर्फको उपाधी जापानकी हिराकु फुकुओकाले जित्न सफल भईन् पोखरामा आयोजित एशिया ट्रायथोलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार दुवाथोलन आयोजना गरिएको हो । हिराकुले सोही दुरी १ घन्टा १ मिनट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्रायथोलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुष तर्फ मानबहादुर थापा मगर दोश्रो र बशन्त थारु तेश्रो भए । मानबहादुरले ५५ मिनेट १.०७ सेकेन्डमा र थारुले ५८ मिनेट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् ।
यस्तै महिला तर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनेट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङ्गले १ घन्टा ७ मिनेट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सदस्य एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ्ग, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । वर्षेनी आयोजित प्रतियोगिताले पोखरालाई साहसिह खेल ट्रायथोलनको गन्तव्यको रुपमा समेत परिचित गराएको छ । ट्रायथोलनको प्रशिक्षण केन्द्र बनाउने उद्देश्यसहित आवश्यक योजना समेत अघि बढाइएको थियो ।
राष्ट्रिय खेलकुद परिषदले चरणबद्ध रकम निकासा गरेपछि काम अघि बढेपनि अहिले भने प्रशिक्षण केन्द्र बनाउने योजना अलपत्र परेको छ । ट्रायथोलनको अन्तराष्ट्रिय गन्तव्य बनाउने उद्देश्यसहित कास्की जिल्ला ट्रायथोलन संघले साविक लुकुनस्वाराँ गाविसको कित्ता नं ६१५ को ७५ रोपनी क्षेत्रफलमा एकेडेमीको लागि आवसिय पुर्वाधारसहित साईक्लिङ र रनिङ ट्रयाक, स्वीमिङ पुल लगायतको पुर्वाधार बनाईने लक्ष्यसहित काम अगाडि बढाएको थियो ।
उक्त भेन्युलाई दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रशिक्षण तथा प्रतियोगिता आयोजनास्थलको रुपमा विकास गरिने नेपाल ट्रायथोलन संघ कास्कीको योजना थियो । पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधार तयार गरिने लक्ष्य संघले राखेको थियो । फेवातालसँगै जोडिएको उक्त ठाँउमा ट्रायथोलन गर्न सहज हुने छ । प्राकृतिक सुन्दरताले समेत भरिएको उक्त ठाँउबाट पुम्दीभुम्दीकोट, विश्वशान्ति स्तुपा, उत्तर तर्फ फेवातालसँगै हिमाली दृष्य तथा दक्षिण तर्फ मट्टिखानको रमणीय दृष्य देखिन्छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…