मैत्रीपूर्ण गल्फमा युकेको एक्स खुकुरी विजयी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


पोखरा-पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा गल्फ क्लब र एक्स खुकुरी ब्रिटिस गोर्खा युके बीच मैत्रीपूर्ण गल्फ खेलेका छन् । म्याच प्लेको आधारमा खेलिएको खेलमा युकेको टिम विजेता बनेको छ ।

६ टिममा विभाजित गरी प्रतिस्पर्धा गराईएको थियो । १२/१२ जना टिममा सहभागि थिए । १८ होलको समाप्तीमा युकेको टोलीले पोखराको हिमलायन गल्फ कोर्षका सदस्यहरुको टोलीलाई ३ अंकले पराजित गरेको छ ।

१०.५ अंक जोडेको युकेको टोलीले उपाधि जित्दा घरेलु टोलीभने ७.५ अंकमा रह्यो । उनीहरुलाई क्याप्टेन याम रानाले युकेका टिम कप्तान भक्त शेचरनलाई ट्रफी हस्तान्तरण गरेका थिए । सोमबार दुई समूह बीच स्ट्रोक प्लेको आधारमा प्रतिस्पर्धा गर्ने नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं हिमालयन गल्फ क्लबका व्यवस्थापन भूबहादुर(भुवन)गुरुङले जानकारी दिए ।