
पोखरा-कास्की जिल्ला टेनिस संघले टेनिस खेलको विकास गर्ने उद्देश्यसहित आयोजित समर क्याप्प समापन गरेको छ । गत बैशाख १२ गतेदेखि आयोजित क्याम्पमा १७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
विभिन्न उमेर समूहका बालबालिकाको सहभागिता रहेको क्याम्पले टेनिसप्रति बालबालिकालाई उत्साहित र प्रेरित गर्ने कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
सहभागि बालबालिकालाई संघले प्रमाणपत्र समेत प्रदान गरेको छ । सोही अवसरमा संघले पोखरा र काठमाडौंमा आयोजित विभिन्न टेनिस प्रतियोगितामा विजेता जुनियर तथा सिनियर खेलाडीलाई समेत सम्मान गरिएको थियो । संघका अध्यक्ष लोक ब। गुरुङ्ग ,उपाध्यक्ष राजु गुरुङ्ग,उपाध्यक्ष नवीन चालिसे ,सल्लाहकार बसन्त प्रधान ,गोपि बहादुर भट्टराई ,समिर सेरचन लगायतको उपस्तिथि रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…