
हेटौंडा-नवजागृति क्लबको विजयी शुरुवातसँगै हेटौडामा बिहीबारदेखि चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता शुरु भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै सिमराले विजयी शुरुवात गर्यो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य बन्यो ।
प्रतियोगितामा सिमराका विवेक चौधरी म्यान अफ दी म्याच घोषित हुँदै १० हजार प्राप्त गरे । यससँगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार चितवनको बीएफसी क्लब र काठमाडौंको चर्च ब्वाइज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । मकवानपुर फुटबल संघको आयोजनामा स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता बिहीबार हेटौंडामा सुरु भएको हो छ ।आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाको सभाध्यक्षता एवम् प्रतियोगिता संयोजक प्रताप बिष्टको संयोजकत्वमा भएको उद्घाटन समारोहमा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता थियो ।
जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा विभागीय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको वागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको आयोजकले बताएको छ ।
प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले १० लाख रुपिया“सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्ष भन्दा यस वर्ष पुरस्कार राशि बृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपिया“ प्राप्त गरेका थिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत् उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १ करोड १७ लाख खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउपालिकाले ५/५ लाख सहयोग गरेका छन् । २०६२–०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त पहिलो पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…