
पोखरा रंगशालाभित्र गल्फ एकेडेमी ट्रेनिङस्थल निर्माण गरिदैं ।
पोखरा-पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण(ट्रेनिङ सेन्टर)को पूर्वाधार बनाउन शुरु गरिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण केन्द्रको बोर्ड झुण्ड्याएको थियो । गल्फ संघ कास्कीले गल्फको टे«ेनिङस्थल बनाउन राष्ट्रिय खेलकुद परिषदसँग जग्गा माग गर्दै आएको थियो । रंगशालाभित्र सेतीनदी किनारमा भासिएको जमिनलाई पुरेर संघले टे«ेनिङको लागि पूर्वाधार तयार बनाउन शुरु गरेको हो । पूर्वाधारको लागि गण्डकी प्रदेश खेलकुद परिषलले केही बजेट छुट्टाईदिएको छ ।
गल्फको लागि छुट्टाईएको पोखरा रंगशालाभित्रको जमिन सम्याइएको भन्दै राष्ट्रिय खेलकुद परिषदले गल्फ संघसँग ६ लाख ८० हजार रुपैयाँ लिएको थियो । परिषदले १३ औं दक्षिण एशियाली खेलकुदकै समयमा जमिन सम्याएको भन्दै रकम लिएको गल्फ संघ कास्कीले जनाएको छ । छुट्टाइएको जग्गामा संघले प्रदेश खेलकुद परिषदको आर्थिक सहयोगमा पटिङस्पट बनाउन शुरु गरेको छ । भिरालो जमिनलाई खारेर ड्राइभ रेन्ज(बे) बनाउने नेपाल गल्फ संघ केन्द्रीय सदस्य भूबहादुर(भुवन) गुरुङले बताए । ‘पहिलो चरणमा पटिङस्पट र बे बनाउँछौं ।’ उनले भने–‘त्यसपछि सेतीनदी किनार र दक्षिण स्क्वास ¥याकेट संघ तर्फ जाली लगाईने छ ।’ उनका अनुसार पटिङस्पट र बे संरक्षणको लागि पनि तारबार लगाउनुपर्ने खाँचो छ । प्रदेश खेलकुद परिषदले गल्फको लागि ५ लाख रुपैयाँ छुट्टाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा कास्कीले रजत र कास्य पदकमा मात्रै चित्त बुझाउँदै आएको छ । ‘अब घरेलु कोर्षमै स्वर्ण पदक जित्ने लक्ष्य छ ।’ उनले भने–‘त्यसको लागि प्रशिक्षणस्थल बनाउँदै छौं । आगामी दिनमा युवाहरुलाई टे«निङ शुरु गराईने छ ।’ ग्रीन तयार भईसकेपछि एक छेउमा बंकर बनाईने छ । ग्रीन भन्दा तलबाट चिपिङ गरिने छ । प्रशिक्षणको लागि पूर्वाधार बनेपछि खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम र शौचालय बनाउने योजना संघको छ । उनका अनुसार फेन्सिङ नगर्दासम्म बल हराउने त्रास रहिरहने हुदाँ फेन्सिङ लगाईहाल्नुपर्ने बाध्यता छ ।
प्रदेश सरकार गठनसँगै एक स्थानीय एक खेल मैदान, उच्च उचाई खेल मैदान, अन्तराष्ट्रिय क्रिकेट रंगशाला, बहुउद्देश्यीय रंगशाला तथा गल्फ कोर्ष निर्माण गर्ने लक्ष्य राखेको थियो । गल्फ कोर्षको लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्टाएपनि शीर्षक नमिलेको भन्दै गल्फ संघ कास्कीलाई आवश्यक बजेट दिएको थिएन् । संघले पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउने प्रस्ताव गरेपछि ५ लाख रुपैयाँ बजेट छुट्टिएको हो । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालाभित्र प्रशिक्षणस्थल तयार गर्दैछौं ।’ गल्फ संघ कास्कीका सल्लाहकार समेत रहेको गुरुङले भने–‘पटिङस्पट अत्यावश्यक छ । त्यही अनुसार काम अगाडि बढाएका छौं ।’
छुट्टाइएको रकमबाट यो आर्थिक वर्षभित्र पूर्वाधार तयार गरिसक्नुपर्ने छ । अन्यथा बजेट फ्रिज हुने छ । ‘पहिला गल्फको लागि बजेट थियो । कोर्ष बनाउन बजेट छुट्टाएपनि जग्गा प्राप्ती नहुदाँ निकासा नै हुन सकेन् । फेरी गल्फ एकेडेमीको शीर्षक राखेर ५ लाख रुपैयाँ छुट्टाएका छौं ।’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने–‘त्यही बजेटबाट स्कुल बालबालिकालाई गल्फ प्रशिक्षण गराउने उद्देश्यसहित पटिङस्पट बन्ने छ ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…