नेपाली टेनिसले नचिनेको कुमार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २८ गते २०७९ मा प्रकाशित


राजन पौडेल, पोखरा-जन्मेपछि कर्म गर्नै पर्छ । कर्मले कता डोर्याउँछ यकिन हुदैन् । मानिस पिच्छे कर्मको मर्म फरक हुन्छ । एक ठाउँमा जन्मिएर हुर्किएर बढेर एउटा गन्तव्यमा पुगेर कर्मको बाटो समाउनुपर्छ । बाटो समाउने हाँगा आफैैले रोज्नुपर्ने खोज्नुपर्ने हुन्छ । त्यो रोजाई र खोजाईमा आफैं विदेशिनुपर्ने हुन्छ ।

यस्तै कर्म गर्न कुमार अधिकारी यतिबेला माल्दिभ्समा छन् । उनलाई कर्मले माल्दिभ्ससम्म डोहोर्यायो । कुनै बेला नेपालका शीर्ष बरियताका टेनिस खेलाडी यतिबेला माल्दिभ्सको टेनिसका हेडकोच(मुख्य प्रशिक्षक) बनेका छन् । उनी उतै रमाएका छन् । कर्ममा उनी सन्तुष्ट छन् । उनको कर्मलाई माल्दिभ्स टेनिसले रुचाईदिएको छ । फुर्सदमा नेपाल फर्किने गरेका छन् । नेपाल फर्किदाँ घरेलु शहर पोखरामा टेनिस र्याकेट बोेकेर पोखरा रंगशाला छिर्ने गर्छन् ।

दुर्गा अधिकारी बुवा हुन् । उनै बुवाको अघिपछि लाउँदै कुमार टेनिस कोर्टसम्म पुगे । बुवा टेनिस कोर्ट बनाउने काम गर्दै आएका छन् । १४ वर्षको उमेरमा २०५५ सालमा आईपुग्दा कुमारले पोखराको बास्तोलथरस्थित पोखरा स्पोर्टस तथा फिटनेस सेन्टरको टेनिस कोर्टमा ¥याकेट समाएर टेनिसमा पाईला बढाए । उनको. पाईलाले टेनिसमा निखारिदैं ल्यायो ।

पोखरामा टेनिस कोर्ट दुलर्भ थियो । अग्रजले छोडेपछि मात्रै जुनियरले अवसर पाउँथे । त्यही अवसरलाई उनले सदुपयोग गरे । नियमित प्रशिक्षण गरे । मध्यान्हको चर्को घामले उनलाई प्रशिक्षणमा पोलेन् । शीतलताको महशुस गर्दै खाली कोर्टमा उनले आफुलाई प्रशिक्षणमा खार्दै लगे । भर्खरै टेनिसको माहोल समेत बढ्दै गएको थियो । त्यही माहोलमा उनले आफुलाई टेनिसमा हुर्काए ।

पोखराकै पस्र्याङस्थित टेनिस कोर्टमा उनले पहिलो स्वर्ण जिते । नेपाल टेनिस संघले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा जितेन्द्र परियारलाई पराजित गर्दै स्वर्ण जिते । जुन उनको लागि गर्विलो क्षण बन्यो । इतिहास लेखियो । काठमाडौंको टेनिसमा भएको दबदवा क्षयीकरण हुन पुग्यो । टेनिसमा गरेको संघर्षले स्वर्णको प्रतिफल पाएपछि नयाँ उचाईमा पुर्यायो ।

भर्खर उम्दा टेनिस खेलाडी बनेका उनी काठमाडौं पुगे । उनले काठमाडौंमा अमेरिकन राजदूताबाससिथत फोहोरा दरबार कोर्टमा टेनिस प्रशिक्षण गराए । जहाँ उनले पाँचवर्ष विताए । उनको सबैभन्दा अविस्मणरीण क्षण सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो । उनी सम्झन्छन–‘राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलको लागि एकल विधामा स्वर्ण पदक जितें । जुन खेल जीवनकै अविस्मरणीय क्षण थियो ।’ परिवारकै सहयोग टेनिस प्रति प्रेरित भए । टेनिसको पहिलो पाठशाला नै उनले आफनो बुवालाई ठम्याउँछन् । बुवालाई पछ्याउँदै टेनिस कोर्टमा पुग्ने गरेका उनी कुनै समय नेपाली टेनिस इतिहासमा शीर्ष बरियताको ताज आफनो शीरमा सजाए ।

बुवाको पाईला पछ्याउँदै कोर्ट पुगेका कुमारलाई अग्रजको साथ सहयोग पनि उत्तिकै रह्यो । अग्रजा समीर शेरचन विनोद कायस्थ, , अनिल तुलाचन, राजु श्रेष्ठ, जयराम गुरुङ तथा राजेन्द्र तझ्याहरुले प्रोत्साहित गरे । उनकै प्रेरणा र हौसलामा उनले टेनिसको करियरलाई उचाईमा पुर्याए । स्व. रन्जित गुरुङले गरेको सहयोग कुमारको मानसपटलमा अझैं घुमिरहन्छ ।

परिवार सम्पन्न थिएन् । तर खेलप्रतिको लगाव र मेहनत अग्रजले देखेका थिए । उनको मेहनत र लगावलाई अग्रजले सहयोगको भूमिका खेलिदिए । होस्टेमा हैंसे मिलाए । टेनिसको गन्तव्यमा पुर्याउन आफनो मेहनतलाई दिलोज्यान लगाए । अग्रजको आशिर्वाद रहिरह्यो । उनको लगाव र मेहनतले नेपालकै शीर्ष बरियताको ताज आफनो शीरमा वर्षौ सजाए । चीनको ग्वान्जाउमा एशियन गेम्स खेल्नु नै उनको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण थियो ।

जन्मले उनी कस्केली हुन् । पार्चेमा जन्मिएका हुन् । उमेरले चार दशक नजिक पुगेका छन् । चार दशक नजिक पुग्दा उनी माल्दिभ्समा निकै व्यस्त छन् । उमेर समूहका खेलाडीलाई नियमित प्रशिक्षण गराईरहेका छन् । उनकै नेतृत्वमा माल्दिभ्स टोलीले विभिन्न अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा पुग्ने गरेका छन् ।

उनले माल्दिभ्समा प्रशिक्षण गराएपनि मन मष्तिस्क भने पोखरामै घुमिरहन्छन् । सपना छ । पोखरामै टेनिसको लागि केही गरुँ । भन्छन–‘पोखराको टेनिस र टेनिस खेलाडीलाई सहयोग गर्ने धोको र इच्छा छ ।’ उनको इच्छालाई नेपाल टेनिस संघले उपयोग गर्न सकेको छैन् । अर्थात नेपाल टेनिस संघले कुमार अधिकारीको प्रतिभालाई चिन्न नै सकेन् । मोफसललाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन् । केन्द्रवाद हावी छ । मोफसललाई अवसर दिनुपर्छ भन्ने भावना अझै जागृत भएको छैन् । केन्द्रवाद हावी भईरहँदा मोफसलका प्रतिभाहरु विदेशिनुको विकल्प छैन् । सन २०१८ मा इण्डोनेसियामा आयोजना भएको १८ औं एशियन गेम्समा उनै.कुमारले माल्दिभ्सको टेनिस टोलीलाई लिएर गएका थिए ।

कुमारको कोठाका भित्ताभरी ट्रफी र पदकले सजिएका छन् । एकपछि अर्को गरी उनले पाएको सफलतालाई ट्रफीले प्रष्ट्याएको छ । राष्ट्रिय प्रतियोगिता होस या कर्पोेरेट सेक्टरले आयोजना गरेको । उनको नाममा स्वर्ण लेखिन्थ्यो । उपाधि उचाल्थे । सिटिजन्स बैंक, शसस्त्र प्रहरी बल लगायतले आयोजन गर्ने प्रतियोगितामा उपाधि जित्ने खेलाडीको सूचीमा उनको पनि छ । कुमार पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको स्पोर्टस अवार्डबाट समेत सम्मानित भईसकेका छन् । उनको टेनिस करियरलाई नजिकबाट नियाल्ने प्रयास माल्दिभ्सले गर्यो । जहाँ उनी अहिले मुख्य प्रशिक्षक भएका छन् । उनीजस्ता प्रतिभावान प्रशिक्षकलाई नेपालले समयमै चिन्नुपथ्र्यो तर सकेन् ।