
पोखरा-संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो । प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो ।
नवगठित संघको नेतृत्व नविन गुरुङले जिम्मेवारी लिएका छन् । सर्वसम्मत अध्यक्ष बनेका गुरुङ स्याङजाका हुन् । उपाध्यक्षमा पर्वतका हरिबहादुर श्रेष्ठ, महासचिवमा स्याङजाका टहलसिंह थापामगर, कोषाध्यक्षमा स्याङजाकै जीवन भण्डारी र सचिवमास बाग्लुङका सोमबहादुर पोबी(यामु) रहेका छन् । कार्यकाल चारवर्षको हुने छ ।
सदस्यहरुमा बाग्लुङका कमला श्रीस, कास्कीका रमेश श्रेष्ठ तथा राजेन्द्र जिसी, लमजुङका नवराज गुरुङ, नवलपुरका गजेन्द्र बन, गोरखाका राजबावु श्रेष्ठ, म्याग्दीका गंगा केसी रहेका छन् । भलिबल संघको प्राविधिक संयोजकमा नारायणबहादुर भण्डारी र प्रशिक्षकमा रमेश केसी रहेका छन् । नेपाल भलिबल संघले असार १० गतेभित्र गण्डकी प्रदेशका सबै जिल्ला भलिबल संघ गठन गरिसक्ने र असार १० गते नै प्रदेश भलिबल संघ गठन गर्ने निर्णय गरेको थियो ।
प्रदेश भलिबल संघ गठन समारोहलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उदघाटन गर्दै भलिबलको विकासको लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरे । मन्त्री गुरुङले संघ गठनसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारीमा जुट्न समेत आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट सबै जिल्लालाई ५/५ थान भलिबल समेत हस्तान्तरण गरेका थिए । उदघाटन समारोहमा महिला भलिबलमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शुभकन्या गुरुङलाई सम्मानित गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…