श्रृष्टि, शाहिल र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १४ गते २०७९ मा प्रकाशित


पोखरा-‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।

अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् ।


श्रृष्टि जैसी- अलराउण्डर
क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन् ः महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् । कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो । राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो । उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए ।

त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए ।
त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो ।

उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो । उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् । करण केसीको एकेडेमी बन्द भएपनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

शाहिल लिम्बु लाहुरे बन्ने हुटहुटीले बक्सर
पोखरा १२ सितलादेवी स्कुलमा कक्षा १० पढ्ने शाहिल लिम्बुको सानैदेखि लाहुरे बन्ने हुटहुटी थियो । तर उनको शरिरको बनावट देखेर आकर्षित भएका घर छेउका अंकलहरुले लोक गुरुङको भूपू बक्सिङ सेन्टरमा लगेर भर्ना गरिदिए । विस्तारै उनी बक्सिङ प्रति आकर्षित हुन थाले । लोक गुरुङकै प्रशिक्षणमा उनी पोख्त हुँदै गए ।

उमेरले १५ लागेका उनी पढाईसँगै बक्सिङलाई अघि बढाइरहेका छन् । प्रशिक्षण सुरु गरेका उनले एक वर्षपछि नै प्रतियोगितामा खेल्ने अवसर जु¥यो । २०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्टमा उनले सहभागिता जनाए । त्यसमा उनी भारत कै खेलाडीसँग पराजित भए । त्यो हारले उनलाई आगामी खेलमा दरो भएर उत्रने प्रेरणा जगायो । उनी झनै प्रशिक्षण व्यस्त हुने थाले ।
२०७८ सालमा काठमाडौंमा स्कुल नेशनल बक्सिङ प्रतियोगिता भयो । त्यहाँ पनि उनको सहभागिता रह्यो । उनी त्यहाँ सहभागितामा मात्रै भएनन् नेपालभरबाट जम्मा भएका बक्सरहरुसँग खेल्दा उनी सफल भए । उनले गोल्ड मेडल नै हात पारे । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै सबैभन्दा ठूलो सफलता हो । त्यसलगत्तै पोखरामा फेरी हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्ट आयोजना भयो । पहिलो वर्ष व्यहोरेको हारको बदला लिनु थियो, उनलाई । उनी त्यसका लागि तयारी गर्न थाले । भर्खर मात्र गोल्ड मेडल जितेको खुसी र उत्साह त थियो तर भारतबाट खेलाडी आउने भएपछि तयारीलाई अझ निखारे र होमिए प्रतियोगितामा । उनले त्यसमा गोल्ड मेडल जितेर पहिलेको हारको बदला लिए ।

अहिले उनी नवौं खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्की जिल्लासँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको ध्याउन्न छ । उनको खेल जीवनमा बाबा रुकमान र आमा मञ्जु लिम्बुको राम्रो साथ छ । अहिलेलाई पढाईसँगै बक्सिङमा ध्यान दिने र पछि लाहुेर देखाउने पनि उनको धोको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।

दर्शिल श्रेष्ठ ः बाबुको पछि लाग्दा खेलाडी बनेका
उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नबिन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानहरुमा पुगिरहेका हुन्छन् ।

५÷६ वर्षदेखि टेनिसको ¥याकेट समाउन सुर गरेका दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । पोखरामा भएको लिटिल एन्जल कपमा सहभागीता जनाएका उनले उपाधि जित्न त सकेनन् तर अनुभव भने राम्रै बटुले । सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा धएको टिम टेनिस नेपाल इनरेगुलर जुनियर प्रिमियर टेनिस टुर्नामेण्टमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटिआई ग्राण्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।

२०७८ साल अर्थात २०२१ भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढि उपाधी र उपलब्धी उनले २०७८ मा पाएका छन् । सोही वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धी हो । उनी आइटिएफ एसियन यू १२ मा तेस्रो बने । यस्तै मिडकोर्ट एसियन फेडेरेसन च्याम्पियनसिपमा छैटौं स्थानमा रहे । यस्तै एसियन टेनिस फेडेरेसनको २ सय ५१ ¥याकिङमा परे । भुपु खेलाडी मञ्चले राईजिङ प्लेयरका रुपमा सम्मान ग¥यो । विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ ¥याकिङबाट ६५ औं स्थानमा पुगे । यस्तै बिर गणेशमान सिंह नेशनल टुर्नामेन्ट पुरुष तर्फ सिंगलमा विजयी र डबलमा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलतर्फ तृतिय र डबलमा द्वितिय बने । आगामी दिनमा टेनिससँगै बढाईलाई अगाढि बढाउने सोंचमा छन्, उनी । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।