
पोखरा-पोखराका सुजन सिल्पकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ)को दुई विधामा स्वर्ण पदक जितेका छन् । गएको आईतबार भएको प्रतिस्पर्धामा उनले ‘मेन्स पर्फमेन्स बडिविल्डिङ’ र ‘मेन्स स्पोर्टस मोडेल हाइक्लास’विधामा स्वर्णपदक प्राप्त गर्दै डब्लुएफएफको उपाधी जितेका हुन् । अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न च्याम्पियनसिपमा अष्ट्रेलिया भरका बलिविल्र्डसहरुलाई पछि पार्दै उनी च्याम्पियन बनेका हुन् ।
उपाधीसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारीरिक सुगठनको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने प्रोकार्ड पाएका छन् । अष्ट्रेलियामाप्रोकार्ड पाएका सुजनले अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदाँ नेपालको प्रतिनिधित्व गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन । लामो समय देखि अष्ट्रेलिया बस्दै आएको सुजनले करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका थिए ।
उनले सन् २०१९ देखि २०२२ को अवधिमा अष्ट्रेलियाको विभिन्न शहरमा आयोजना भएको आईसिएन वल्र्डवाइड च्याम्पियनसिप, ताज्मानिया स्टेट च्याम्पियनसिप, आइएनबिए नेशनल ब्रिजवन, आइसिएन स्टेट र नेशनल, डब्लु नेशनल मिस्टर वशिनियामा ओभरल च्याम्पियन लगायत ५ प्रतियोगितामा १७ वटा स्वर्ण पदक जितिसकेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…