कभर्ड हलमा आगलागी, आधाघन्टाभित्र नियन्त्रण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २६ गते २०७९ मा प्रकाशित



पोखरा-देशकै ठुलो पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा विजुली सर्ट हुदाँ आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति हुन पाएन् । बेलैमा बारुणयन्त्र(दमकल)को सहयोगमा आगो नियन्त्रणमा लिइयो ।

पोखरा रंगशालास्थित कभर्ड हलमा महिला तथा पुरुष सिक्स ए साईड हक्की प्रतियोगिताको फाईनल चलिरहँदा हलको फल्स सिलिङ(जिप्सन)भन्दा माथि विजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागी लगत्तै पोखरा रंगशालामा पुगेको बारुण यन्त्रले आगो नियन्त्रण गरेको थियो । बारुण यन्त्र आएपछि माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न केही कठिनाई भएको थियो । भ¥याङको अभावले केही बेर ढिला गरी आगो नियन्त्रण गरेपछि क्षति हुन पाएन् ।

प्रतियोगिता चलिरहँदा विद्युत आपूर्ति थिएन् । विद्युत आपूर्ति नहुदाँ जेनेरेटरको प्रयोग गरिएको थियो । जेनेरेटर चलाएपनि हलभित्र विद्युत आपूर्ति भएको थिएन् । पछि हल भन्दा बाहिर सडकबाट रंगशाला पुगेको खेलाडीहरुले आगो लागेको देखेपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद कार्यालय प्रशासनलाई जानकारी गराईयो । हलभित्र प्रतियोगिताको दोस्रो हाफ चलिरहँदा खेल स्थगित गरिएको थियो । खेल स्थगित लगत्तै बाहिर बारुणयन्त्र आईपुगेको थियो । ‘विद्युतको लाईन मर्मत सम्भार नगर्दासम्म प्रतियोगिता आयोजना सकिदैन् ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका लेखा प्रमुख डिबी नेपालीले भने–‘समस्या के हो र कहाँनेरबाट समस्या आयो त्यसको निक्र्यौल गरेर मर्मत सम्भार गर्र्छाै ।’ उनका अनुसार आगलागी लगत्तै राष्ट्रिय खेलकुद परिषदमा समेत जानकारी गराईएको छ ।

बहुउद्देश्यीय कभर्ड हल दर्शक क्षमताको हिसाबले नेपालकै ठूलो हो । दर्शक क्षमता २१५६ रहेको छ । झण्डै १६ करोड लागतमा निर्माण गरिएको हल दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समयमा जिप्सन हालिएको थियो । तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए । २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो । १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।