
file pic
काठमाडौं-नेपाल पौडी संघले आयोजना गरेको १० औं एन।एस।ए।कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । नासिरलृ २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेका हुन् ।
उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुला तर्फ बिजयी हात पार्न सफल भएकी छिन् । लामाले उक्त दुरी २ मिनट ३७।१७ सेकेन्डका साथ स्वर्ण जितेकी थिईन् । यस्तै सो स्पर्धामा निभा मास्के २ मिनट ४०।२१ सेकेन्डका साथ दोश्रो र सियरा सुभाङ्गी बजाज ३ मिनट १।७४ सेकेन्डका साथ तेश्रो रहे ।
पुरुष तर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण जिते । उनले सो दुरी २ मिनट १८।५९ सेकेन्डमा पुरा गरे । सेरेन सिंह २ मिनट २९।८९ सेकेन्डमा पुरा गर्दै दोश्रो र २ मिनट ३४।४१ सेकेन्डका साथ विकास कुमाल तेश्रोे भए ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५।९० सेकेन्डमा दुरी पुरा गरेकी हुन् । यस्तै दोश्रो स्थानमा ३७।९६ सेकेन्डका साथ रोयल प्रजापती र ३८।११ सेकेन्डका साथ आर्या महर्जन तेश्रो भईन् ।
पुरुष तर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङ्ग ३१।६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२।४२ सेकेन्डम दुरी पुरा गरे । यस्तै ३३।९८ सेकेन्डका साथ गौरभ लामा तेश्रो भए ।
महिला १०० मिटर फ्रि स्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनट २।८७ सेकेन्डमा पुरा गरे । डुवानाको समय १ मिनट ३।७८ सेकेन्डमा पुरा गरिन् । तेश्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनट ५।१७ सेकेन्डमा दुरी पुरा गरिन् ।
पुरुष तर्फ नासिर याह्या हुसेनले ५५।८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८।३० सेकेन्डमा र तेश्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८।३७ सेकेन्डमा दुरी पुरा गरे ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…