
पोखरा–नेपाल हक्की संघको आयोजनामा पोखरामा पहिलो पटक सिक्स ए साईड इण्डोर हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले महिला तथा पुरुष टोलीले सुदुर पश्चिमको टोलीलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आईतबार भएको फाईनलमा पुरुष तर्फ आर्मीले सुदुुर पश्चिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो हाफ सकिन दुई मिनेट अघि आर्मीले गोल गर्दै अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा राजैन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफ शुरुभएको दोस्रो मिनेटमै कभर्ड हलमा आगलागी भएपछि खेल रोकिएको थियो । बारुण यन्त्रले आगो नियन्त्रण गरेपछि फाईलन खेल पून खेलाईएको थियो । खेलको २१ औं मिनेटमा प्रदीप राजवंशीले अर्को गोल गर्दै आर्मीको जित पक्का बनाएका थिए ।
महिला तर्फको प्रतिस्पर्धामा आर्मीले सुदुर पश्चिमलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दैै च्याम्पियन बन्यो । निर्धारित समय गोलरहित टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीका लागि सीतामाया बल, हिमाली थापा र अन्जना चन्दले आर्मीका लागि गोल गरे । सुदुर पश्चिमका सुनिता नेगी र लक्ष्मी बमको प्रहार गोलमा परिणत भएको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले मधेश प्रदेशलाई ५–०ले पराजित गर्यो । गण्डकीका लागि पाँचै गोल कमला पुनले गरिन् ।
थाईल्याण्डमा आयोजना हुने इण्डोर हक्की प्रतियोगिताको लागि पोखरामा छनोट प्रतियोगिता आयोजना गरिएको थियो । विजेता खेलाडीहरुलाई नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल शर्मा, उपाध्यक्ष हिमाल खड्का, कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी लगायतले ट्रफीसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…