
पोखरा-पोखराबाट एयर स्पोर्ट्स भविष्य औन्यलमा छ । कारण, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन । जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ । एयर स्पोर्ट्स (प्याराग्लाईडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार राख्ने निकायले खाँचो औल्याएका छन् । पोखरामा धेरै ताल छन् । झरना छन् । नदी छन् । ती प्रकृतिलाई वाटर स्पोर्टस मार्फत समृद्धिसँग जोड्नुपर्छ ।
ताल केवल डुंगा खियाउने र माछा मार्न मात्रै उपयोग हुदैं आएको छ । ताललाई स्पोर्टसको रुपमा उपयोग गर्ने तर्फ ध्यान अझै गएको छैन् । वाटर स्पोर्टस अन्तर्गत तालमा वाटर स्की, रोईङ गर्न सकिन्छ । झरनामा क्यानोनिङ र नदीमा ¥याफ्टिङ, कायाकिङ गर्न सकिने नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई सुनाउँछन् । वाटर स्पोर्टस विशेष गरी फ्ल्याट र ह्वाईट वाटरमा हुने छ । नदीजन्य(ह्वाईट वाटर) र तालमा(फ्ल्याट वाटर) स्पोर्टस हुन्छ । ‘वाटर स्पोर्टस दिगो खेल पर्यटन विकासको लागि आधारस्तम्भ नै हो ।’ भट्टराईले भने ।
पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने अध्ययनले समेत देखाएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो ।’ अध्यक्ष भट्टराईले भने–‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक प्रयोजन छ । रुपा तालमा व्यवसायिक माछापालन गरिएको छ । दिपाङलाई ‘हनिमुन लेक’ बनाउने योजना थियो । दिपाङलाई पर्यटन व्यवसायी राम गुरुङले ‘वाटर स्की’ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेन् । उनै गुरुङले कास्कीको माछापुच्छ«े गाँउपालिकाको ल्वाङ घलेलमा क्यानोनिङ(झरनामा डोरीले उक्लिने) शुरु गरेको झण्डै दशक बितिसकेको छ ।
पानीमा खेलिने अधिकांश खेल ओलम्पिकमा समेत समावेश छ । ‘एक दिनको लागि खेलकुद हुन्छ । अन्य दिनमा पर्यटन प्रवद्र्धनको लागि उपयोग हुन्छ ।’ अध्यक्ष भट्टराईले भने । वाटर स्पोर्टसको लागि पोखराको मौसम उपयुक्त हुन्छ । । ‘हामीसँग तालहरु छन् । अबको दशक भनेकै पानीमा खेलिने खेलको हो । पानीमा खेलिने खेलको लागि पोखरालाई दक्षिण एशियाकै गन्तव्य बनाउन सकिन्छ’ उनले थपे–‘त्यसको लागि नीति नियम बनाउनुपर्छ । जनशक्ति उत्पादनमा जोडदिनुपर्छ । आवश्यक पूर्वाधार तयार पार्नुपर्छ । सामान ल्याउनुपर्छ । ती सबै भईसकेपछि सञ्चालन गर्ने संस्थागत र संगठन संरचना निर्माण गर्नुपर्छ ।’
तालहरुमा परम्परागत बोटिङ, वाटर स्की, कायाकिङ, पावर बोटिङ(मोटरबोट) लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ । ‘पानीमा खेलिने खेल केवल खेल मात्रै नभई पर्यटन प्रवद्र्धनको नयाँ आयाम बन्ने छ ।’ उनको भनाई थियो । वाटर स्पोर्टसको सम्भावना निकै राम्रो छ । तर नीति नियम नहुदाँ त्यसतर्फ खासै ध्यान जान सकेको छैन् । ‘वाटर स्पोर्टसको सम्भावना छ । तर नीति नियम बन्नुपर्छ ।’ वाटर स्कीको परिकल्पना गरेका पर्यटन व्यवसायी राम गुरुङले भने–‘नीति नियम बने वाटर स्पोर्टसले पर्यटन प्रवद्र्धन हुन्छ ।’ पानीमा खेलिने खेल विशेष गरी ‘टुरिज्म एडभेन्चर स्पोर्टस’ हो ।’ उनले भने–‘त्यसको लागि पहिला कार्यविधि बन्न जरुरी छ । कार्यविधि नहुदाँ अघि बढ्न सकिदैन् ।’
नेपालमा बगेको पानी र जमेको पानीमा रोईङ खेल खेलाउन सकिन्छ । रोईङ खासमा आउट डोर र इन्डोर गर्न सकिन्छ । २ जनादेखि ८ जनासम्म चढ्न मिल्ने डुंगामा रोईङको प्रतिस्पर्धा हुन्छ । ‘रोईङको सम्भावना छ । सम्भावना बोकेका खेलहरुलाई लगानी गर्नुपर्ने खाँचो छ । सरकारले लगानी गर्न ध्यान नदिदाँ त्यस्ता खेलहरु केवल सम्भावना मात्रै सीमित भएका छन् ।’ नेपाल रोईङ एशोसियसनका महासचिव सम्पन्न श्रेष्ठले भने–‘वाटर स्पोर्टस एभड्भेन्चर स्पोर्टस अन्तर्गत पर्छ । एडभेन्चर स्पोर्टसमा सरकारको लगानीमा खासै देखिदैन् ।’
पोखरा महानगरपालिकाले पनि वाटर स्पोर्टसको लागि अध्ययन गर्ने तयारीमा रहेको महानगरका प्रमुख धनराज आचार्यले बताए । ‘वाटर स्पोर्टसको लागि महानगरले योजना नै बनाएर अध्ययनको तयारी गरेको छ ।’ महानगर प्रमुख आचार्यले भने–‘ ६ महिनाभित्रमा अध्ययन गरेर कार्यान्वयनमा जान्छौं ।’


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…