
पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए ।

विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन पाइने नियम छ । यो खेललाई सुरक्षित तरिकाले खेलाईने उनले बताए ।

टच रग्बीमा एउटा टोलीमा १४ जना खेलाडी रहने छन् । ४० मिनेटको खेल हुने छ । विद्यालय टच रग्बीको लागि ७० मिटर लम्बाई र ५० मिटर चौडाईको मैदानमा खेलाईन्छ । प्रतियोगितामा कास्कीका १२ विद्यालयका छात्र र छात्रा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता तयारीका लागि कास्कीका सिनियर खेलाडी र प्रशिक्षकहरुले विद्यालयहरुसंग समन्वय गरी प्रशिक्षण गराउँदै आएका छन् । विद्यालय रग्वी आयोग, गण्डकी प्रदेश सह–आयोजक तथा विद्यालय संयोजन संस्थाका रुपमा रहनेछ ।

विश्वको अत्यन्त लोकप्रिय खेल रग्वी १९औं सताब्दिमा इङ्ल्याण्डबाट सुरु भएको हो । नेपालमा रग्वी खेल वि.सं. २०५२ सालमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता नं. ३७ रहेको पुरानो खेल हो । कास्की जिल्ला रग्वी संघले पोखरा कास्कीमा बि.सं. २०७२ सालदेखी रग्वी खेलको विकासमा प्रशिक्षण र गतिविधि गर्दै आइरहेको छ । विशेष साधारण सभाले संघको कोषाध्यक्षमा मिलन गुरुङलाई र सदस्य पुजनी कार्कीलाई चयन गरिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…