
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले कास्की, तनहुँ र स्याङजाका खेल पूर्वाधार अवलोकन गरेर आवश्यक सिफारिस गरेको छ । समितिले प्रतियोगितास्थल र अभ्यासस्थलको रुपमा जिल्लाका पूर्वाधार अवलोकन गरेर त्यसै अनुसार राष्ट्रिय खेलकुद परिषदमा सिफारिस गरेको हो ।
उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार स्याङजाको वालिङ, पुतलीबजार,बाँयटारी लगायतका ठाँउहरु हेरिएको छ । तनहुँको शुक्लागण्डकीस्थित क्रिकेट मैदानको लागि उपयुक्त हुने भन्दै आवश्यक सिफारिस गरिएको उनले बताए । ‘शुक्लागण्डकी रंगशाला निर्माणको चरणमा छ । क्रिकेटको लागि उपयुक्त देखिएको छ ।’ उपसमिति सचिव तिमिल्सिनाले भने–‘प्रदेश सरकार र शुक्लागण्डकी नगरपालिकाले गरी १ करोड रुपैयाँ विनियोजन गरेका छन् ।’
स्याङजाको वालिङमा महिला फुटबल प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले सिफारिस गरेको छ । ‘वालिङमा महिला फुटबल र फुल कन्ट्याक्ट कराँतेको लागि हामीले सिफारिस गरेका छौं ।’ उनले भने । उपसमितिले कास्कीकै भएका पूर्वाधार अध्ययन गरी आवश्यकता अनुसार प्रतियोगिता र अभ्यासस्थलको रुपमा सिफारिस गरिएको जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको मैदान समेत उपसमितिले अध्ययन गरेको छ । लामाचौरस्थित गोस्ते खेल मैदान, पोखराको हेमजास्थित गौरीशंकर खेल मैदान तथा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको मैदान समेत उपसमितिले स्थलगत अवलोकनपछि राष्ट्रिय खेलकुद परिषद समक्ष सिफारिस गरेको उनले जानकारी दिए । केही पार्टी प्यालेसका इण्डोर हल समेत उपयोग गर्न सकिने उपसमितिले सिफारिस गरेर पठाएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलन आयोजना गरिएको एसआरकेसी क्याटरिङ, पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेस लगायतका ठाँउहरु समेत हेरिएको उपसमितिका सचिव तिमिल्सिनाले बताए ।
नियमित झरीले गण्डकी प्रदेशकै विभिन्न जिल्ला पुग्ने बाटो अवरुद्ध छ । बाटो अवरुद्ध हुदाँ आवश्यक खेलकुदको पूर्वाधारको स्थलगत अवलोकन हुन सकेको छैन् । जिल्लामा भएका पूर्वाधारलाई अवलोकन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सिफारिस गर्ने खेल व्यवस्थापन उपसमितिले जनाएको छ । गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा विभिन्न खेलहरु आयोजना गर्ने उल्लेख छ । प्रत्येक जिल्लामा खेल खेलाउने योजना अनुुसार उपसमितिले प्रत्येक जिल्लाको खेलकुदको पूर्वाधार अवलोकन गर्ने तय गरेको छ ।
उपसमितिले खेलकुद पूर्वाधारको अवलोकनपछि खेलकुदको संरचना निर्माण, मर्मत सम्भार, चेन्जिङ रुम लगायत बनाउन ६ करोड ९२ लाख रुपैयाँको बजेट माग गरिएको उनले बताए । ‘भएका पूर्वाधारको स्त्तरोन्नति गर्नुपर्ने, चेन्जिङ रुम बनाउनुपर्ने लगायतका कामको लागि बजेट माग गरेका हौं ।’ उनले भने–‘बजेटको सुनिश्चितता भए फेरी जिल्ला तहमा पुगेर पूर्वाधारको फाईनल गर्ने थियौं ।’
उपसमितिले हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ, म्याग्दी, बाग्लुङ, पवर्त, गोरखा, लमजुङ र नवलपुरको पूर्वाधार अवलोकन गर्ने योजना बनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले एक वर्ष अघि गरेको सिफारिस अनुसार नवलपुरमा कुस्ती, खो खो र कबड्डी, मुस्ताङमा बुद्धिचाल र मनाङमा टेवलटेनिसको लागि सिफारिस गरेको थियो । पौडी र सुटिङको पूर्वाधार नहुदाँ काठमाडौंमै आयोजना गर्ने अन्तिम तयारी छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…