
पोखरा-आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीहरुको नामावली दर्ता गर्न सबै खेलसंघलाई भईसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले आग्रह गरेको छ । भदौ २५ गतेभित्र दर्ता नभएका खेलाडीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट बञ्चित हुने परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए । ‘सबै खेल संघले आफना खेलाडीहरुको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र भईसक्नुपर्ने छ ।’ खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले भने–‘त्यसभन्दा पछि दर्ता हुने खेलाडीले परिषदबाट पाउने सुविधाबाट बञ्चित हुने छन् । त्यसैले भदौ २५ गते सबै खेलाडीहरुले अन्तिम नामावली दर्ता गरिसक्नुपर्ने छ ।’ भदौ अन्तिम साताभित्र खेलाडी दर्ता गरिसक्नुपर्ने परिषदको प्रावधान रहेपनि विभिन्न खेलहरुको जिल्ला छनोट तथा प्रदेश छनोट प्रतियोगिता भने भईसकेको छैन् ।
आगमी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुदैं छ । ३६ खेलमा ४०७ इभेण्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रदेशको जिल्लाहरुमा कुन–कुन खेल खेलाउने भन्ने निर्णय भने भईसकेको छैन् । ‘११टिमले ३६ खेलमा ४०७ इभेण्टमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।’ सदस्य सचिव घिसिङको भनाई थियो । सातै प्रदेश, तीन विभागीय टोली र गैर आवासिय नेपाली(एनआरएन)को टोली गरी ११ टिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने परिषदले जनाएको छ ।
सदस्य सचिव घिसिङले पोखराका विभिन्न खेलकुद पूर्वाधारको अवलोकन गरी सोमबार पत्रकार सम्मेलन मार्फत आफनो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । पोखरा रंगशाला, सहारा एकेडेमी, गोस्ते खेल मैदान लामाचौर, गण्डकी आवासिय विद्यालय लामाचौरको पूर्वाधारको प्रत्यक्ष अवलोकन गरेका थिए । सदस्य सचिव घिसिङले सातै प्रदेशमा ट्रफी टुर गराउने योजना समेत सुनाए । ‘ट्रफी सुन र चाँदी जडित बनाईने छ । ट्रफी बनेपछि सातै प्रदेश टुर गराईने छ ।’ उनको भनाई थियो ।
परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवधान नहुने गरी निर्वाचन आयोगसँग परामर्श गरिएको स्पष्ट पारे । ‘राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावित नहुने गरी निर्वाचनका कार्यक्रम गर्न निर्वाचन आयोगसँग परामर्श गरेका छौं ।’ सदस्य सचिव घिसिङले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने–‘निर्वाचन र राष्ट्रिय खेलकुद प्रतियोगिता दुवै सरकार(मन्त्री परिषद)को निर्णय हो । आम निर्वाचनले प्रतियोगितालाई प्रभावित नपारोस भन्ने हो ।’ उनले प्रतियोगितालाई प्रभावित बनाउने गरी निर्वाचनको तालिका नबनाउन समेत आयोगलाई आग्रह गरिएको बताए ।
परिषदले राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान राख्ने खेलाडीलाई ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको छ । ‘राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार, व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेण्टमा स्वर्ण पदक जित्नेलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।’ उनको भनाई थियो । सदस्य सचिव घिसिङले बढीमा हप्ता÷दशदिन भित्रै पोखरा रंगशालाभित्रको फुटबल मैदान, प्यारापिट तयार हुने बताए । प्यारापिटको भीआईपी बस्ने ठाँउमा केही काम बाँकी छ । त्यो हप्ता÷दशभित्रमा तयार हुने उनको भनाई थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…