
पोखरा-‘प्रदेश खेलकुद परिषदले दिएको भत्ताले र्याकेटको तार(स्ट्रिङ) पनि आउँदैन् । तार चुँडेपछि बनाउन पनि नपुग्ने भत्ता लिएर प्रदेशको लागि खेल्नुपर्ने बाध्यता छ ।’ टेनिस खेलाडी प्रदीप खड्काले भने–‘भत्ता भन्दा पनि प्रदेशको नामको लागि खेल्दै छौं ।’ उनी टेनिसका नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन् । उनका अनुसार र्याकेटको तार फेर्न एकहजार २ सय भन्दा बढी लाग्छ ।
उनले खेलाडीलाई दिईने सुविधामा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । खेलाडी विना खेलकुद निकायको अर्थ हुदैन् । तर खेलाडीलाई सेवा सुविधा दिने तर्फ सरोकार निकाय मौन रहेको छ । भत्ताले र्याकेटको तार चुँड्दा बनाउन नपुग्ने भत्तामै खेलाडी रमाउनुपर्ने बाध्यता छ । आफैं सामानले प्रतियोतिगा खेल्नुपर्छ । सामान समेत दिईएको छैन् ।
प्रतियोगिता नजिकिदैं गर्दा नियमित प्रशिक्षणमा छन् । निरज थापाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीहरुलाई प्रशिक्षण दिईरहेका छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस पोखरामै आयोजना गरिएको थियो । टेनिस प्रतियोगिताको लागि कास्की जिल्ला टेनिस संघले चार वटा कोर्टलाई मर्मत सम्भार शुरु गरेको छ । लगभग मर्मत सम्भार सकिएको छ । सुर्की हालेर रोलरले पेल्ने काम भईसकेको छ ।
‘पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा कोर्ट मर्मत गर्न समेत चासो दिएनन् । आयोजक राखेप हुदाँ मर्मत पनि राखेपले नै गर्छ । संघलाई जिम्मेवारी पनि नदिने । आफुले पनि नगर्ने । बजेट पनि नदिने प्रवृत्तिले समस्या बनाईदियो ।’ संघका अध्यक्ष लोकबहादुर गुरुङले भने–‘उपभोत्ता समिति गठन गरेर काम गर्यौं । बजेट कहिले आउँछ थाहा छैन् ।’ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राखेपले नै चासो दिनुपर्ने भन्दै हामी आफैं कोर्ट मर्मत गर्न तयार रहदाँ बजेट दिन आनाकानी गरेको उनको गुनासो थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…