
पोखरा –नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली ९सोमबार० बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्। आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले काँस्य पदक जितेको थियो।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिकाअनुसार पुरुषतर्फ समुह ‘ए’ मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह ‘बी’ मा एपीएफ, लुम्बिनी, प्रदेश नं १ र सूदूर पश्चिम छन्। त्यसैगरी, महिलातर्फ समुह ‘ए’ मा एपीएफ, लुम्बिनी, सूदूर पश्चिम र गण्डकी तथा समुह ‘बी’ मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन्।
नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मीका अनुसार उद्घाटन खेल सोमबार दिउँसो ३ बजे हुनेछ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने नवौं राष्ट्रिय अन्तर्गत सोमबार महिलातर्फ ३ र पुरुषतर्फ ५ गरी ८ वटा खेल सञ्चालन हुनेछन्। नवौं राष्ट्रियमा ह्याण्डबल खेल असोज २९ गतेसम्म संचालन हुनेछ।
भोली ९सोमबार० पुरुषतर्फ विभागीय आर्मीविरुद्ध बागमती, एपीएफविरुद्ध लुम्बिनी, प्रदेश–१ विरुद्ध सूदूरपश्चिम र गण्डकीविरुद्ध कर्णालीबीच खेल हुनेछ। त्यस्तै, महिलातर्फ प्रदेश–१ विरुद्ध कर्णाली, विभागीय नेपाल आर्मीविरुद्ध मधेश प्रदेश र गण्डकीविरुद्ध एपीएफबीच खेल हुनेछन्।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…