
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् ।
नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् ।
ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन तार जडित हुन्छ ,छोएपनि नम्बर देखाउँछ ।) इभेण्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले बताए । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।
ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…