
पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा छ स्वर्ण पदकको छिनोफानो भईसकेको छ । सोमबार तीन स्वर्ण पदकको छिनोफानो हुदाँ मंगलबार थप तीन स्वर्णको प्रतिस्पर्धा टुंगिएको छ ।
पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको प्रतिस्पर्धामा मंगलबार फेन्सिङ पुरुष व्यक्तिगत साबर तर्फ सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेलले स्वर्ण पदक जितेका छन् । उनले सातौंमा टिम इभेन्टमा रजत, ८ औ राष्ट्रिय प्रतियोगितामा टिम र एकल दुईमा रजत पदक जितेका थिए । साबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदकमा चित्त बुझाएका थिए । विभागीय प्रतिस्पर्धामा गजुरेलले बाजी मारेका हुन् । त्यसै गरी आर्मीकै रघुवीर चन्द र सशस्त्र प्रहरी बलका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए ।

महिला तर्फको फोयल प्रतिस्पर्धामा आर्मीकी रमाकुमारी सिंहले स्वर्ण पदक जितिन् । सशस्त्र प्रहरी बलकी मनिषा राईले रजत र सशस्त्र प्रहरी बलकै मन्दीरा थाप र अनिता अधिकारीले कास्य पदक जिते । पुरुष ईपी तर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । उनले विभागीय खेलाडीलाई पाखा लगाउँदै स्वर्ण जितेका हुन् ।
नेपाली सेनाका राम थापाले रजत पदकमा चित्त बुझाए । सेनाका मीन कार्की र गण्डकी प्रदेशका विजय अधिकारीले कास्य पदक जिते । अधिकारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशकै पहिलो पदक विजेता खेलाडी बन्न सफल भए । फेन्सिङको व्यक्तिगत तर्फ पुरुष साबर, पुरुष ईपी र महिला तर्फको फोयल खेलको निर्णय भएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…