
पोखरा-नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ । सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागिता जनाएको पुलिसले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा ३ विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो विकेट काजल श्रेष्ठलाई ६ रनमा गुमाएको पुलिसले दोस्रो विकेटको लागि कविता कुँवर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे । कविताले ३७ रन बनाउने क्रममा रन आउट भईन् । उनले ३८ बल खेल्दै ३ चौका र १ छक्का हिर्काईन् ।
खड्काले ६० रनको अर्धशतकीय पारी खेलिन् । उनी रन आउट हुदैं बाहिरिदाँ ४३ बल खेलिन् । सर्वाधिक १० चौका हिर्काईन् । तेस्रो विकेटको लागि खड्काले अप्सरी बेगमसँग ४१ रनको साझेदारी निभाईन् । बेगमले अविजित २१ रनमा खेल्दा कप्तान रुविना क्षत्री १६ रनमा अविजित रहिन ।
टस जितेर प्रदेश नं १ ले नेपाल पुलिसलाई पहिले व्याटिङको निम्तो दिएको थियो । १५९ रनको लक्ष्य पछ्याएको प्रदेश नं १ ४० रनमै समेटियो । ललिता राजबंशीले ११ रन बनाउँदा सानु राजवंशीले पनि ११ रनकै योगदान गरिन् । अन्य व्याटर सबै दोहोरो अंकको रन बनाउन चुके । हिरण्यमी रोयले ३ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् । खेलमा प्लेयर अफ दि म्याच सम्झाना खड्का बनिन्।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…