
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की खेलाउने मैदानमा घाँस काट्दै महिला कामदारहरु ।
पोखरा-बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ । तर खेलस्थल अझै तयारी भईसकेको छैन् । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुने छ । पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ ।
तयारीमा रहदाँ दुवै मैदान प्रतियोगिताको लागि योग्य नभएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । ‘राष्ट्रिय प्रतियोगिताको लागि जूनखालको मैदान हक्कीलाई चाहिने थियो । त्यो छैन् ।’ उनले भने–‘हक्कीलाई समथर(प्लेन) मैदान चाहिन्छ । दुवै मैदान राष्ट्रिय प्रतियोगिताको लागि योग्य छैन् ।’ उनका अनुसार अन्तिम समयमा आएर हक्की खेल स्थगित गर्नुभन्दा इज्जतकै लागि जोखिम मोलेर भएपनि खेलाउनुपर्ने बाध्यता रहेको छ ।
‘गेम रोक्न हुन्न भन्ने मानसिकताले इज्जतकै लागि खेलाउनुपर्ने बाध्यता छ ।’ उनले भने–‘जोखिम छ । जोखिम नलिई नहुने अवस्था छ ।’ गौरीशंकर खेलमैदान घाँसले ढाकिएको छ । घाँस काटन् कामदार प्रयोग गरिएको छ । मेशिनले काट्नुपर्ने घाँस कामदारले हसियाँ प्रयोग गरेर काटिरहेको अवस्था छ । यस्तो अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्ने बिडम्बना रहेको उनको भनाई थियो ।
मैदान मर्मत सम्भार गर्ने ठेकेदारलाई समेत सम्पर्क गरेर मैदान तयारीको लागि पहल गरेपछि अझै भईसकेको छैन् । ‘विहान महिला हक्कीको उदघाटन शुरु गर्ने र ११ बजे पुरुष हक्की शुरु गर्ने तयारीमा थियौं ।’ उनले भने–‘मैदानकै अवस्थाले कहिले रेखांकन गरेर पोष्ट मिलाउने । तयारी गर्दा गर्दै नभ्याईने देखिएको छ । एकदिन ढिलो गरेर खेल खेलाउने योजनामा छौं ।’
गण्डकी बोर्डिङ स्कुलको मैदान खाल्डै खाल्डो रहेको उनले सुनाए । रोलरले सम्याउने प्रयास गरिएको उनले जानकारी गराए । उठेको भागहरुलाई रोलरले सम्याएपनि खाल्डोमा माटो हाल्ने काम अझै भएको छैन् । ‘उबडखाबड मैदान छ । कसरी गेम गर्ने चिन्ता बढेको छ ।’ उनले भने–‘जोखिम मोलेर गेम खेलाउनुपर्ने बाध्यता छ ।’ गौरीशंकर खेल मैदानमा पाँचजनाले घाँस काटिरहेका छन् । उनले प्राविधिकले समेत मैदान हेरेपछि मैदानकै कारण गेम सञ्चालन गर्न सकिन्न भन्ने सन्देश राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई दिइएको सुनाए । ‘प्राविधिकले मैदानकै कारण गेम सञ्चालन गर्न सकिन्न भनेर सूचित गरिसकिएको छ ।’ उनले भने ।
राष्ट्रिय खेलकुद परिषदले पनि मैदान तयारीको लागि इन्जिनियरसहितको टोलीलाई खटाईएको जनाएको छ । ‘हामीले जुन जुन खेलको लागि मैदानको समस्या छ । त्यसको पूर्णरुपमा सदस्य सचिवलाई रिर्पोटिङ गरिसकेका छौं ।’ खेल व्यवस्थापन उपसमितिका संयोजक राजेशकुमार गुरुङले भने–‘समस्याहरुलाई सम्बोधन गर्नुपर्छ भनेर जानकारी गराईसकेको छु ।’ उनले राखेपकै प्राविधिकसहितको टोलीलाई मैदान तयारी गर्ने सन्दर्भमा टोली खटाइएको बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…