
पोखरा- बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आत तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । यो सहित बागमतीको ४ स्वर्ण सहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फोयल तर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
यस्तै आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पु¥याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पु¥याउन सफल भएको हो । बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो । बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…