
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की खेलाउने मैदानमा घाँस काट्दै महिला कामदारहरु ।
पोखरा-खेल मैदान पूर्ण रुपमा तयारी नहुदाँ र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ । बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो । महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो ।
गौरीशंकर खेलमैदानमा अझै घाँस काटेर नसकिदाँ उदघाटन खेल केही ढिलो हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनले उदघाटनसँगै उदघाटनमा सहभागि प्रदेशले समेत खेल सामान(जर्सी) नपाउँदा खेल समयमै आयोजना गर्न नसकिएको उनको भनाई थियो ।
‘हामीले त अहिलेसम्म जर्सी केही पनि पाएका छैनौं ।’ बागमती प्रदेशका हक्की प्रशिक्षक अश्विनीकुमार अधिकारीले भने–‘बल्ल प्रिन्ट गर्न दिएको छ रे । कहिले आउँछ यकिन छैन् ।’ खेल मैदान अझै तयार नभएको र खेल सामान पनि नआएकोले दुई खेल पछि सारिएको बताए । पुरुषको उदघाटन खेल प्रदेश नं १ र सुदुरपश्चिम बीच थियो । दोस्रो खेल बागमी प्रदेश र लुम्बिनी प्रदेश बीच हुने थियो । तेस्रो खेल गण्डकी प्रदेशले नेपाल आर्मीको सामना गर्ने कार्यक्रम थियो । दुई खेल पछि सारिदाँ उदघाटन गण्डकीले नेपाल आर्मी बीच हुने छ ।
महिला तर्फको सुदुर पश्चिम र बागमती प्रदेश बीच उदघाटन खेल राखिएको थियो । महिला टोलीले पनि समयमै खेल पोशाक नपाउँदा खेल पछि सार्नुपरेको उपाध्यक्ष खड्काको भनाई थियो । दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश नं १ बीच हुने तय छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…