
पोखरा-गण्डकी प्रदेशले फेन्सिङमा बिहीबार टिम इभेण्टमा दुई पदक पक्का भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला टिम फोयल इभेण्ट र पुरुषको सबेर टिम इभेण्टमा गण्डकीले कास्य पदक पक्का गरेको हो । पोखरा रंगशाला व्याडमिन्टन कोर्टमा आयोजित प्रतिस्पर्धाको बिहीबारको सेमिफाईनलमा सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर)मा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
स्वर्ण पदकको लागि बागमतीले सशस्त्र प्रहरी बलसँग खेल्ने छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै बागमती फाईनल प्रवेश गरेको छ । गण्डकी र त्रिभुवन आर्मीले भने कास्य पदकमा चित्त बुझाएका छन् ।
पुरुष टिम सेबरको प्रतिस्पर्धामा गण्डकी चार अंकले पछि पर्दै फाईनल पुग्नबाट बञ्चित हुन पुग्यो । गण्डकी बागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाईनल पुग्नबाट चुकेको गण्डकी प्रदेश फेन्सिङका प्रशिक्षक सन्दीप बरालले जानकारी दिए ।। सेमिफाईनलमा पराजित गण्डकीले कास्य पदकमा चित्त बुझाएको छ । पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिस्पर्धाको लागि विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी बीचको विजेताले बागमतीसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…