
पोखरा-फेन्सिङको पुरुष ईपी टिम इभेण्टमा सशस्त्र प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको छ । शुक्रबार व्याडमिन्टन कोर्टमा भएको ईपी फाईनलमा विभागीय प्रतिस्पर्धामा आर्मीले सशसस्त्रलाई ४५–२८ स्कोरमा पराजित गर्दै स्वर्ण जितेको हो । बागमती र गण्डकीले कास्य पदकमा चित्त बुझाएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतफेन्सिङमा आर्मीले ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो । बागमतीले ४ स्वर्णसहित दोस्रो स्थानमा, सशस्त्र प्रहरीबल दुई स्वर्ण सहित तेस्रो र एक स्वर्णसहित सुदुरपश्चिम चौथो स्थानमा रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…