
सशस्त्रकी नेरी थापा प्लेयर अफ दि सिरिज बनिन् ।
पोखरा-मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै सशस्त्र प्रहरीबल नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ ।
टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्यो । पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन । सरिता मगर शून्यमै आउट भईन् । नेरी थापाले १२, ज्योति पाण्डेले १५ रन बनाईन् । सरस्वती चौधरीले ३, कविता गौतम र शान्ती चौधरीले समान २÷२ विकेट लिईन् ।
१०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश ७४ रनमै समेटियो ।अनुराधा चौधरीले ११ रन बनाईन् । उनले १६ बल खेल्दै २ चौका हिर्काईन । सरस्वती चौधरीले केवल १३ रनको योगदान गरिन् । उनले १५ बलमा एक चौका सामेल रह्यो । कविता गौतम अविजित १३ रनमा रहिन् । नेरी थापाले ३ विकेट लिईन् । उनी खेलको प्येलर अफ दि म्याच घोषित भईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…