
पोखरा-विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सशस्त्र प्रहरी सम्हालिन नसक्सदाको फाईदा आर्मी उठायो । खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुईमिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरयो ।
पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो ।
महिला तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश नं १ लाई पराजित गर्दै कास्य पदक जित्यो । गण्डकीले २२–७ स्कोरमा पराजित गर्दै कास्य पदकमा चिक्त बुझाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…