
पोखरा-नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।
पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफनो नाम लेखाए । पाँचौ होलमा बोगी खेप्दा उनले फ्रन्ट नाईनमा ३५मा टुग्याए । तर व्याक नाईनमा उनले लेभल पार खेल्दै अघिल्लो दिन जोगाएको एक स्ट्रोकले स्वर्ण दिलायो । सदभावले रजत पदकमा चित्त बुझाए । सदभावले अघिल्लो दिन एक ओभर ७० को स्कोरमा टुग्याएका थिए । दोस्रो दिन सुधार्दै १अण्डर ६८ खेलेपछि उनी समग्र १३८ स्कोरमा रहँदै रजत पदकमा खुम्चिए । युवराज भुजेल भने कास्य पदकमा चित्त बुझाए । भुजेल आचार्य भन्दा तीन स्ट्रोकले पछि परेका थिए ।
टिम इभेण्टको प्रतिस्पर्धामा बागमतीले स्वर्ण पदक जित्दा प्रदेश १ ले रजत र त्रिभुवन आर्मीले कास्य पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन् । महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…