
पोखरा-नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ ।
गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए ।
उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्की स्थित चाउथे घरमा आराम गरिरहेकी छिन् ।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । अव छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…