
पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा आयोजक गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
नेपालको शीर्ष बरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाले टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाउन सफल भए ।
पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिँगल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे ।
यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा ६–१,६–० सेटमा शाही विजयी हुनुभयो ।
पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल श्रीयोगको जोडीमाथि ४–१,४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भयो ।
यसैगरी पुरुष सिंगलको अर्को खेलमा पुलिसका आर्यन गिरीले आर्मीका अकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनालले पुलिसका प्रनभ मानन्धरलाई ६–३,६–१ को सेटमा पराजित गरेका थिए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२,७–६ को सटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…