
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो ।
प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समुहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए ।
६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । आईतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समुहको प्रि–जज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…