
पोखरा-गण्डकी प्रदेश महिला भलिबल टोलीले नेपाल पुलिस क्लबसँग सेमिफाईनलमा भिड्ने छ । अर्को सेमिफाईनल सशस्त्र प्रहरीले बागमती प्रदेशसँग खेल्ने छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । बागमतीले सुदर पश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको थियो ।
विगभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले नेपाल आर्मीमाथि पाँचौ सेटमा जित निकाल्दै अन्तिम चारमा पुगेको छ । नेपाल पुलिस क्लबले २५–१३, २५–२०, २३–२५, २५–१४ र १५–१३ को सेटमा जित निकाल्दै सेमीफाईनल प्रवेश गरेको हो । गण्डकी प्रदेशले प्रदेश नं १ लाई सोझो सेटमा पराजित गर्दैै अन्तिम चारमा प्रवेश गर्यो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१० र २५–१५को सेटमा पराजित गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…