
पोखरा-महिला हक्कीको स्वर्ण पदकको लागि गण्डकी प्रदेशले नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा नेपाली सेनाले प्रदेश नं १ लाई ७-० गोल अन्तरले पराजित गर्दै फाईनल सुरक्षित गर्यो । खेलमा सीताकुमारी चौधरीको ह्याट्रिक प्रेरित आर्मीले सहज जित निकाल्यो ।
नवौं मिनेटमा सीताकुमारी चौधरीको गोलबाट अग्रता लिएको आर्मीले प्रदेश १ माथि दबाव दिदैं एकपछि अर्को गोल थप्यो । १४ औं मिनेटमा अन्जनाचन्द ठकुरीले गोल थपिन् । तेस्रो गोल १६ मिनेटमा सीतामाया बलले गरिन् ।
२२ औं मिनेटमा आर्मीका लागि चौथो गोल भने चौधरीले गरिन् । उनको व्यक्तिगत दोस्रो गोल थियो । उनले ह्याट्रिक भने २४ औं मिनेटमा पुरा गरिन् । २६ औं मिनेटमा सीतामाया बलले व्यक्तिगत दोस्रो गोल थप्दा चौधरीले आफनो व्यक्तिगत चौथो गोल भने ५१ औं मिनेटमा हिर्काउँदै आर्मीलाई सहज जित दिलाईन् ।
दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ६-० गोलले पराजित गर्दै फाईनल पक्का बनायो । १३ औं मिनेटमा सोनु बरालले शुरुवाती गोल गरिन् ।
१५ औं मिनेटमा सविना पुनरानाले गण्डकीलाई गोल थपिन् । २० औं मिनेटमा कमला पुनले गोल गर्दै गोल अन्तर बढाईन् । ३२ औं मिनेटमा दिक्षा बरालले गोल थपिन् । ३३ औं मिनेटमा दिपशिखा पौडेलले गोल गरिन् । अन्तिम गोल ३७ औं मिनेटमा कमला पुनले गर्दै फराकिलो जितको हकदार बनाईन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…