स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित


पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।
महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि।क।को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।