
सशस्त्रकी नेरी थापा प्लेयर अफ दि सिरिज बनिन् ।
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिसले महिला क्रिकेटको उपाधि जितेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनलमा नेपाल पुलिसले ५ रनको रोमाञ्चक जित निकाल्दै डेब्युमै स्वर्ण पदक जित्यो ।
टस जितेर व्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठ रनआउटको शिकार हुदैं पभेलियन फर्किदाँ उनको स्कोर २७ रन थियो । ५५ बल खेल्ने क्रममा १ चौका सामेल रह्यो । कविता कुवँरलाई नेरी थापाले बोल्ड गर्दै नेपाल पुलिसमाथि दबाव दिईन् । उनले १५ बलमा १ चौकासहित ११ रनको इनिङ खेलिन् ।
तेस्रो नम्बरमा आएकी सम्झना खड्काले सम्हालिदै व्याटिङ गर्दै २१ रन बनाईन् । २५ बल खेलिन् । १ चौका उनको स्कोरमा चढ्यो । कविता जैसी १३ रनमा अविजित रहँदा कप्तान रुबिना क्षत्री भने ८ रनमै आउट हुन पुगिन् । नेरी थापा, इन्दु बर्मा र सीता रानामगरले एक एक विकेट लिए ।
९० रनको लक्ष्य पछ्याएको शसस्त्र प्रहरी ८४ रनमा रोकियो । १० रन जोड्ने क्रममै सशस्त्रले पहिलो विकेट गुमायो । पाँचौ नम्बरसम्म आईपुग्दा सशस्त्रका व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । छैटौं नम्बरमा आएकी रोमा थापाले २६ रन बनाउँदै इनिङलाई उकास्ने प्रयास गरिन् । तर पर्याप्त भने हुकेन् । उनले १९ बल खेल्दै २ चौका हिर्काइन् । राजमती ऐरीले १२ रनको योगदान रह्यो । उनी अविजित खेलेपनि जितसम्म डोहोर्याउन भने सकिनन् । नेपाल पुलिसकी ईश्वरी विष्टले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिईन् । उनी खेलको प्लयेर अफ दि म्याच घोषित भईन् । प्रतियोगितामा सशस्त्रकी नेरी थापा प्लेयर अफ दि सिरिज बनिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…