
पोखरा–टेनिस कोर्टमा गण्डकी प्रदेशका प्रदीप खड्काले तीन इभेण्टमा तीन स्वर्ण पदक जितेका छन । उनले बिहीबार भएको व्यक्तिगत विधाको फाईनलमा एनआएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन् ।
०–३ ले पछि परेको अवस्थामा खड्काले पहिलो सेटलाई टाईब्रकेरमा पुर्याउँदै जित निकाले । उनले ७–६(७)ले जित्दै पहिलो सेट आफनो पक्षमा पारे । तर दोस्रो सेट भने सहजै जित निकाल्दै स्वर्ण पदकको हकदार बने । उनी टेनिसका शीर्ष बरियताका खेलाडी समेत हुन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषा विष्टले सेनाकै इरा रावतलाई ६–१,६–६ सेटमा पराजित गर्दै स्वर्ण जितिन् । सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्यपदकमा चित्त बुझाए । महिला एकलतर्फ बागमतीका रायना शाह र प्रकृती श्रेष्ठले कास्य पदक जितिन ।
पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकिजुवेन रावतको जोडी रजत पदकमा चित्त बुझायो । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते । पुरुष टिम इभेण्ट्समा पनि गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…