स्वर्ण पदक विजेता खेलाडीलाई संघ तथा अग्रज खेलाडीद्वारा नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ५ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका लागि टेनिसमा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस संघले नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेशले ३ स्व्र्ण जित्दै इतिहास कोरेको थियो । कास्की जिल्ला टेनिस संघले ३ स्वर्ण पदक प्राप्त गर्ने खेलाडी प्रदिप खड्कालाई नगद २००००, दुई स्वर्ण एक रजत पदक जितेका खेलाडी अनिल साईलाई नगद १२०००. एक स्वर्ण र एक रजत जितेका आशिष् खड्का र सौगात बि.क.लाई जनही रु.७०००÷७००० हजार प्रदान गरिएको थियो । टिम इभेण्टमा स्वर्ण पदक विजेता हासिल गरेको बिबेक मगरलाई नगद.५००० तथा एक कास्य पदक जितेका खेलाडी प्रीति बराललाई नगद २ हजार र प्रशिक्षक निरज थापालाई नगद ५००० नगद सहित सम्मान गरेको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।

पदक विजेता खेलाडीलाई कास्की जिल्लाकै आदरणीय अग्रज टेनिस खेलाडीहरुले समेत नगद हस्तान्तरण गरेका थिए । अग्रज टेनिस खेलाडी समीर शेरचनले प्रदिपक खड्कालाई नगद रु.२५००० र अरु ४ पुरुष खेलाडी अनिल साई आशिष् खड्का सौगात बिक र बिबेक मगरलाई जनही नगद .५००० नगद प्रदान गरेका थिए । अग्रज टेनिस खेलाडी अनुज बास्तोलाले अन्तराष्ट्रियस्तरमा टेनिस खेलिरहेका अभिषेक बास्तोलाको नाममा बिजेता खेलाडी प्रदीप खड्कालाई नगद ३००००, अनिल साईलाई रु.१५००० तथा आशिष् खड्का सौगात बिक बिबेक मगर प्रिति बराललाई जनही नगद.५००० सहित सम्मान गरेका थिए ।

अग्रज टेनिस खेलाडी राजेन्द्र प्रसाद घिमिरेले व्यक्तिगत विधामा स्वर्ण पदक जितेका खड्कालाई नगद १० हजार प्रदान गरे । अग्रज खेलाडी हर्क गुरुङले पनि ५ जना बिजेता खेलाडीलाई नगद सहित सम्मान गरेका थिए । टेनिस खेलाडी बिकास गुरुङ्गले नगद ५००० को फुड भौचर कुपन हस्तान्त्रण गरेका थिउ । सम्मान कार्यक्रममा नेपाल टेनिस संघको केन्द्रिय उपाध्यक्ष तथा कास्की जिल्ला टेनिस संघको सस्थापक अध्यक्ष बिनोद कायस्थ र सिनियर टेनिस प्रशिक्षक अनु जोनको समेत उपस्थिति थियो । कार्यक्रममा सल्लाहकारहरु गोपि भट्टराई ,बसन्त प्रधान ,सुर्य भुजेल, संघका उपाध्यक्षद्वय राजु गुरुङ्ग,नबिन चालिसे, सस्थापक अध्यक्ष बिनोद कायस्थ , संघका अध्यक्ष लोक गुरुङले पदक विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरेका थिए ।